मङ्लबार, बैशाख २५, २०८१

मुलुकको आर्थिक समृद्धिका लागि १० वर्ष राजनीतिक स्थिरता कायम  गरौ :   उपप्रम थापा

सूर्यविनायक नगरपालिकाकाको  रु ११ करोड ३९ लाख १३ हजार ५०० को बजेट सार्वजनिक

  भक्तपुर  पौष  २८,  सूर्यविनायक नगरपालिकाको दोस्रो नगर परिषद्को उद्घाटन गर्दै   उपप्रम   कमल थापाले अबको समय खेर नफाली देशको आर्थिक विकास र समृद्धिमा लाग्नुपर्ने बताउनुभएको छ । सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री  समेत रहेका  थापाले  images (34)विभिन्न कालखण्डका  कारण  मुलुकको विकास पछि परेको  जनाउँदै  अवको  १० वर्ष राजनीतिक स्थिरता  कायम  गर्दै   मुलुकको   आर्थिक समृद्धिमा  केन्द्रित हुनुपर्नेमा जोड दिनुभएको  छ ।

 मुलुकमा  सम्झौताको  दस्तावेज स्वरुप नयाँ   संविधान जारी भएको  बताउँदै  उपप्रधानमन्त्री थापाले लोकतन्त्रमा  विश्वास राख्नेले संविधानलाई स्वीकार गर्नुपर्छ, यो संविधान जीवन्त र गतिशील संविधान हो, चित्त नबुझेको कुरालाई संविधान संशोधन मार्फत अगाडि बढ्ने बाटो खुला  रहेको  जनाउ  दिनु भएको  प्राप्त समाचारमा  उल्लेख गरिएको  छ ।   कार्यक्रममा भूमिसुधार तथा व्यवस्था सहायकमन्त्री दिनेश श्रेष्ठ   सांसद रामेश्वर ढुङ्गेल, केदार सञ्जेल र अनुराधा थापा मगर प्रजिअ तोयम राया, स्थानीय विकास अधिकारी पशुपतिबाबु पुरी, राजनीतिक दलका प्रतिनिधि लगायतले  बोल्नु भएको  थियो  भने  आव २०७३/७४ का लागि सूर्यविनायक नगरपालिकाका कार्यकारी अधिकृत यामलाल अधिकारीले आय तर्फ   आन्तरिकतर्फ रु दुई करोड ९४ लाख १३ हजार ५०० तथा बाह्य स्रोततर्फ रु ८ करोड ४५ लाख गरी रु ११ करोड ३९ लाख १३ हजार ५०० को बजेट सार्वजनिक गर्नुभएको  थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

January 2015
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031