बिहिबार, बैशाख १३, २०८१

मोर्चाद्दारा शान्तिपूर्ण जुलुसमा भएको प्रहरी दमनको भत्सर्ना,दमनविरुद्ध शसस्त्र आन्दोलनमा उत्रने घोषणा

काठमाडौं पौष २८, सोमवार पृथ्वीनारायण शाहको २९४ औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउँने क्रममा र्याली सहित राजधानीको सिंहदरवार स्थित पृथ्वीनारायण शाहको शालीक रहेको स्थलमा जाने क्रममा राष्टिय जनसंघर्ष मोर्चाको शान्तिपुर्ण जुलुसमा सहभागी कार्यकर्तामाथि भएको प्रहरी हस्तक्षेपका कारण सिर्जना भएको झडपमा मोर्चाका सहसंयोजकहरु लगायत १४ जना घाइते भएको 12511868_10153878203291477_261979428_n[1]मोर्चाले जनाएको छ ।

मोर्चाको तर्फबाट संयोजक श्याम प्रशाद तिमिल्सिनाले आज जारी गर्नु भएको प्रेस विज्ञप्तिमा शान्तिपुर्ण जुलुसमा सहभागी नागरिकमाथि वर्तमान गणतन्त्रवादी सरकारको यो कायरतापुर्ण रुपमा प्रहरी हस्तक्षेप गरेको जनाउँदै उक्त कार्यको घोर भत्सना एवं निन्दा गरेको छ । कार्यक्रमको काठमाडौं जिल्ला प्रशासन कार्यालयमा पूर्व सूचना दिदै गरिएको कार्यक्रममा पनि प्रहरीले अमानवियरुपमा माथिको आदेश भन्दै गरेको हस्तक्षेप मात्र होइन राष्टिय भण्डा र बडामहाराजाधिराजको फोटो समेत बोक्न पाइदैन भनेर रोक्नुले यो राष्टनिर्माताको मात्र अपमान नभएर समग्र राष्टकै अपमान भएको ठहर गरेको छ । त्यस्तै मोर्चाको केही दिनपछि बस्ने बैठकले वर्तमान सरकार खारेजी माग सहित आफ्नो तेश्रो चरणको आन्दोलनको घोषणा गर्ने जनाउँदै आन्दोलन माथि फेरिपनि दमन गरिए शसस्त्र आन्दोलनमा समेत उत्रने घोषणा गरेको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

January 2015
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031