मङ्लबार, बैशाख २५, २०८१

प्रमुख ३ दल र मधेसी मोर्चाबीचको निर्णायक छलफल सुरु आम नेपाली निष्कर्षको प्रतिक्षामा

काठमाडौ पौष १९, सत्तारुढ नेकपा एमाले, एमाओवादी र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस तथा मधेसी मोर्चाबीच प्रधानमन्त्री निवास बालुवाटारमा वर्तमान राजनीतिक गतिरोध अन्त्यका लागि आज भएको निर्णायक छलफलमा घनिभूतरुपमा सहमतिको मार्ग पहिचान गर्ने three-partyप्रयास जारी रहेको बुझिएको छ । आज साँझ मोर्चासंग वार्तामा बस्नु पूर्व ३ दलका शीर्ष नेताबीच विशेष तथा अर्थपूर्ण छलफल भएको थियो । समाचार स्रोतका अनुसमर आजको वार्तामा मधेसी मोर्चा आावद्ध एक घटक सद्भावना पार्टी भने बैठकमा सहभागी नभएको बुझिएको छ ।

आजको बैठकमा सत्ताघटक दल एमालेको तर्फबाट प्रम केपी शर्मा ओली सहित उपप्रम भीम रावल, वरिष्ठ नेता झलनाथ खनाल, र काँग्रेसका तर्फबाट पार्टी सभापति सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा, उपसभापति रामचन्द्र पौडेल, महामन्त्री प्रकाशमान सिंह, नेता डा मीनेन्द्र रिजाल र त्यस्तैगरि एमाओवादीबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड , उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिव कृष्णबहादुर महरा सहभागी रहेका छन भने मोर्चाका तर्फबाट तमलोपाका पार्टीका अध्यक्ष महन्थ ठाकुर, उपाध्यक्ष हृदयश त्रिपाठी र सङ्घीय समाजवादी फोरम नेपालका उपाध्यक्ष राजेन्द्र श्रेष्ठ, तराई–मधेस सद्भावना पार्टीका वरिष्ठ नेता रामनरेश यादवको सहभागिता रहेको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

January 2015
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031