बिहिबार, बैशाख २०, २०८१

खुला चौरको बैठकपछि साझा अवधारणा सहित मधेस आन्दोलनको सम्बोधन गर्न प्रमुख दलवीच बन्यो सहमति

काठमाडौ पौष १३, मधेसको आन्दोलनको समस्या समाधान गर्न प्रमुख तीन राजनीतिक दलवीच साझा अवधारणा बनाएर अगाडि बढ्ने सहमति भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको प्रमुख तीन दलको बैठकले यस्तो सहमति कायम गर्दै आन्दोलन र 12434556_10153820693417329_2015186945_nभारतको अघोषित नाकाबन्दी जारी राखेका कारण जनजीवन प्रभावित भएको र अर्थतन्त्र नराम्ररी प्रभावित भएको भन्दै समस्या समाधान गर्न सहमतिका साथ अगाडि बढ्ने निष्कर्ष निकालिएको हो ।

आजको तीनदलको बैठक प्रधानमन्त्री निवासको खुला चौर र त्यसमाथि पनि पारिलो घाममा बसेको थियो । बैठकमा प्रधानमन्त्री ओली, वरिष्ठ नेता खनाल, एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, नेपाली काँग्रेसका सभापति सुशील कोइराला, महामन्त्री प्रकाशमान सिंह तथा नेताहरू डा रामशरण महत र डा मीनेन्द्र रिजाललगायतका नेताहरुको सहभागीता रहेको थियो ।