बिहिबार, बैशाख २०, २०८१

मधेस आन्दोलको मागको सवालमा धारणा बनाउन प्रमुख दलबीच त्रिपक्षीय छलफल हुँदै

काठमाडौँ पौष १२ , मधेसी मोर्चाले अघि सारेका मागमा विषयमा साझा धारणा बनाउन प्रमुख दलहरुको बैठक आज बस्दैछ । शनिवार मधेसी मोर्चासँग भएको छलफलका आधारमा धारणा बनाउन प्रमुखप्रतिपक्षी दल कांग्रेससहित तीन दलको बस्न लागेको हो । आजको three-partyबैठकले मुलत प्रमुख दलहरुले मधेसी मोर्चाले उठाएको सीमांकनसहित ११ बूँदे मागमा साझा धारणा बनाएर अगाडि बढ्ने मानसिकता बनाएको बुझिएको छ । प्रमुख दलहरुको बैठक बस्नु अघि प्रधानमन्त्री केपी शर्मा ओली र ए माओवादीका अध्यक्ष प्रचण्डबीच अलग्गै भेटवार्ता भएको पनि स्रोतले जनाएको छ । त्यस लगत्तै प्रधानमन्त्री निवास बालुवाटारमा प्रमुखदलवीच त्रिपक्षीय छलफल सुरु भएको हो । शनिवार प्रमुख दल र मोर्चावीच भएको वार्ता अनुरुप पहिले प्रमुख दलवीच अनि मोर्चासंग सयुक्त बैठक बस्दै जारी समस्याको निकास पहिल्याउँने तयारीमा दलहरु रहेका छन ।

यसैवीच शनिवार साँझ काँग्रेस सभापति सुशील कोइराला निवास महाराजगन्जमा नेपाली काँग्रेस, मधेसी मोर्चा र सत्तापक्ष एमाओवादीबीच भएको छलफलमा मधेसको समस्या र संविधान संशोधनको विषयमा छलफल भएको थियो ।छलफलमा सहभागी नेताहरुका अनुसार मुलुकको पछिल्लो समसामयिक विषयमा केन्द्रीत छलफल सकारात्मक भएको जनाउँ दिदै आइतवार बिहान नेकपा एमाले सहित सबै दलका शीर्षनेता बसेर छलफल गर्दै संसद बैठक बस्नु पूर्ननै नितिगत सहमति कायम गरि जारी यावत समस्याको समाधान गर्ने बताएका छन ।

शनिवारको छलफलमा काँग्रेसका तर्फबाट सभापति कोइराला, एमाओवादी अध्यक्ष दाहाल, काँग्रेस महामन्त्री प्रकाशमान सिंह, नेता अर्जुननरसिंह केसी, दिलेन्द्रप्रसाद बडू, डा मीनेन्द्र रिजाल, संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका तर्फबाट सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, महेन्द्रराय यादव, रामनरेश राय यादव, मनिष सुमनलगायतको सहभागी रहेको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2015
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930