बिहिबार, बैशाख ६, २०८१

काँग्रेस क्रियाशील सदस्यता विवाद अझै टुङ्गो लागेन

काठमाडौँ पौष १२ , नेपाली काँग्रेसको आगामी फागुन २० देखि २३ गतेसम्म राजधानी हुँने आसन्न १३औँ महाधिवेशन नजिकिए पनि अझै क्रियाशील सदस्यता विवाद समाधान हुन सकेको छैन । काँग्रेसमा क्रियाशील सदस्यता नवीकरण र नयाँ सदस्यता फाराम भर्ने क्रममा सभापति सुशील कोइराला पक्ष र वरिष्ठ नेता शेरबहादुर देउवा पक्षबीच आ–आफ्ना पक्षका सदस्यता बढाउने होडबाजी चलेका कारण विवाद अझै कायमनै रहेको हो ।

यद्यपी सदस्यताको सवालमा विवाद चरमचुलीमा पुगेपछि पार्टीले क्रियाशील विवाद समाधानका लागि भन्दै काँग्रेसमा क्रियाशील सदस्यता विवाद देखिएपछि पार्टीले त्यस बारेमा छानबिन गरी विवाद समाधान गर्न केन्द्रीय सदस्य नरहरि आचार्यको संयोजकत्वमा नेता रमेश लेखक र रामकृष्ण यादव सम्मिलित समिति गठन गरेको थियो ।

स्मरण रहोस काँग्रेसको १२औँ महाधिवेशनमा तीन लाख १६ हजार ८६६ क्रियाशील सदस्य सख्या रहेको थिायो । तर १३ औ महाधिवेशन नगिचिदै गर्दा सदस्य सख्या बढेर ४ लाख ७० हजार ६५५ पुगेको छ । बैठकमा पेस भएको प्रतिवेदनअनुसार दुई लाख ५७ हजार ४०२ नवीकरण भएका क्रियाशील सदस्यता हुन भने दुई लाख दुई हजार १७९ थपिएको नयाँ सदस्यता भएको थाहा भएको छ । त्यस्तै २३ देशमा रहेका जनसम्पर्क समितिबाट प्राप्त कुल सदस्यता सङ्ख्या एघार हजार ७४ रहेको छ ।

त्यस्तै महाधिवेशनको लागि गाउँ, वडा र नगर अधिवेशन आगामी माघ १५ गते, क्षेत्रीय अधिवेशन माघ २२ गते र माघ २५ गते जिल्ला अधिवेशन सम्पन्न गर्नुपर्ने तालिका तय गरेको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2015
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930