मङ्लबार, बैशाख २५, २०८१

समानताको हक विपरीत आजीवन विलासी सुविधा दिन नहुने भन्दै सर्वोच्चमा रिट दर्ता

काठमाडौ मार्ग २७, सरकारले पूर्व विशिष्ट पदाधिकारीलाई दिएको र दिन लागेको आजीवन विलासी सुविधा दिनु कानुन विपरीत भएको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरिएको छ । राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संसद् भवनलगायतलाई विपक्षी बनाई कञ्चनकृष्ण न्यौपानले nepal_supreme_court_1आज दायर गर्नुभएको रिट निवेदनमा देशको सङ्कटपूर्ण आर्थिक अवस्थामा जनततालाई राहत दिनुपर्ने बेलामा पूर्व विशिष्ट पदाधिकारीलाई विलासी सुविधा दिने तयारी गैरकानुनी भएको उल्लेख गर्नुको अलावा उक्त निर्णय संविधानको धारा ५ को राष्ट्रिय हितअनुसार आचरण विपरीत एवम् दिनु समानताको हक र कानुनविपरीत भएको रिट भन्दै रिट निवेदन दर्ता गरिएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

त्यसैगरि रिट निवेदनमा भूकम्प र भारतले लगाएको अघोषित नाकाबन्दीबाट इन्धन तथा दैनिक उपभोग्य सामग्रीको अभावजस्तो विषम परिस्थिति र आम नागरिकले हातमुख जोर्नसमेत कठीन परेको अवस्थमा विशिष्ट पदाधिकारीलाई सुविधा दिने नाममा राज्यलाई आर्थिक भार पर्ने भएकाले सो कार्य तत्कालका लागि रोक्न आन्तरिम आदेशको समेत माग गरिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2015
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930