शुक्रबार, चैत्र १६, २०८०

बहुराष्ट्रिय कम्पनी डाबर नेपालमा अख्तियारको छापा

कठमाडौं मार्ग २८, अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट गएको छ सदस्यीय मिसन टोलीले डाबर नेपाल प्रालिको ९० कन्टेनर जुस, च्यवन प्रास र dabur-nepal-290x29035पाचनचूर्ण रहेको वीरगन्जको सिर्सिया सुक्खा बन्दरगाहमा छापा मार्दै लिई अनुसन्धान थालेको छ । अख्तियारले बहुराष्ट्रिय कम्पनी डाबर नेपाल प्रालिले म्याद गुज्रिएका जुस, च्यवनप्रास र पाचनचूर्ण भारतको दिल्ली निर्यात गर्नका लागि ड्राइपोर्टमा भण्डारण गरेको भन्न् सूचनाका आधारमा छापामारी अनुसान्धान थालेको जनाएको छ ।

त्यस्तै अख्तियारको टोलीले बाराको रामपुर टोकनीस्थित डाबर नेपालको उद्योग र वीरगन्जस्थित उद्योगको भगिनी संस्था लुना ट्रेडिङको गोदाममा समेत छापामारेरमा पनि आजै छापा मारेर अनुसन्धान थालेको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।