मङ्लबार, बैशाख २५, २०८१

आफ्नो अधिकारका लागि लड्नेले अर्काको अधिकार हनन गर्नु नहुँनेमा प्र.म. ओलीको जोड

 Capture

काठमाडौ मार्ग २४, राष्ट्रिय मानवअधिकार आयोगले ‘सबैको घर घरमा मानवअधिकार, विकास र शान्तिको आधार’ भन्ने मुल नाराका साथ आज आयोजना गरेको अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको कार्यक्रमलाइ सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले देश र जनताका सुरक्षाका लागि अहोरात्र खटिने सुरक्षा KP-oli-talkingदस्तामाथि साङ्घातिक हमला गर्ने र सुरक्षामा तैनाथ जवानको निर्मम हत्या गर्ने सङ्गठित अपराधीलाई कसैले पनि संरक्षण गर्न नहुनेमा विशेष जो दिनु भएको छ ।  त्यस्तै उहाँले निहत्था र असङ्गठित समूहलाई बलजफतीपूर्ण हत्या गर्ने सङ्गठित अपराधीको पहिचान बताउन कसैले जिब्रो चपाउन नहुने भन्दै आफ्नो अधिकारका लागि लड्नेले अर्काको अधिकार हनन गर्नु नहुँने बताउँनु भएको छ ।

त्यस्तै कार्यक्रममा आयोगका अध्यक्ष अनुपराज शर्माले जनताका आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार सुनिश्चित नभएसम्म मानवअधिकारको सुनिश्चितता हुन नसक्ने बताउँदै भएको थियो भने आयोगका प्रवक्ता मोहना अन्सारीले मधेस घटना हिंसात्मक बन्दै जानु आफैमा चिन्ताको सवाल भएको जिकिर गर्नु भएको थियो । कार्यक्रममा आयोगद्दारा स्थापित विभिन्न पुरस्कार ‘दयाराम परियार स्मृति सम्मानबाट मातृका देवकोटा र विद्यालक्ष्मी राजभण्डारी सम्मान गरिएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2015
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930