मङ्लबार, बैशाख ११, २०८१

आज साँझ राजधानीको असनमा गल्लीमा भिषण आगलागी,एकको मृत्यु ,एक घाइते, लाखौको धनमाल क्षति

काठमाडौ मार्ग २४,  कामपा वडा न २८  असन त्यौडस्थित एक घरमा आज साँझ आगलागी हुँदा असनचोक नजिक रहेको विनोद तुलाधरको ४ तले कच्ची घरमा आगलागीमा परी डेरामा बस्ने १८ वर्षीय सुजन नगरकोटीको मृत्यु भएको प्रहरीले जनाएको छ । त्यस्तै प्रहरीका अनुसार मृतक नगरकोटीकी दिदी सोनु नगरकोटी images (1)घाइते भएको बुझिएको छ ।

घाइते नगरकोटीको वीर अस्पतालमा उपचार भइरहेको जनाउँदै जनसेवा प्रहरीले आगलागीबाट सँगै जोडिएको दुइटा घरमा पनि क्षति पुगेका र के कति क्षति भयो भन्ने यकिन विवरण आइनसकेको जनाएको छ । त्यस्तै साँघुरो गल्ली भएका कारण दमकल भित्र छिर्न नसकेपछि आगलागी साढे दुई घन्टापछिमात्र नियन्त्रणमा आएको र आगो नियन्त्रणका लागि काठमाडौँ, ललितपुर र  भक्तपुरबाट चार  दमकल तथा नेपाल प्रहरी, नेपाली सेना र स्थानीयवासीले सहयोग गरेको  प्राप्त समाचारमा  जनाईएको  छ ।