मङ्लबार, बैशाख १८, २०८१

आन्दोलनको अनुगमनको क्रममा गरिएको आक्रमण आयोगद्दारा भत्र्सना

काठमाडौ मार्ग १८, राष्ट्रिय मानवअधिकार आयोगले मधेस आन्दोलनको आन्दोलनको अनुगमनको क्रममा मानवाधिकार रक्षकमाथि गरिएको आक्रमणको आयोगद्दारा भत्र्सना गर्दै दोषीलाई कारबाही गर्न सरकारसँग माग गरेको छ ।
NHRC_Press_Release_on_Staff_Attack_and_Vehicle_Burntआयोगमा आज बसेको आपतकालीन बैठकपछि जारी विज्ञप्तिमा जनाईए अनुसार मानवीय सेवामा खटिएका व्यक्तिमाथि आक्रमण, तोडफोड र आगजनी गर्ने तथा क्षति पु¥याउने व्यक्तिका सम्बन्धमा तत्काल अनुसन्धान गरी दोषीमाथि कानुनबमोजिम कारबाही गर्न माग गरिएको छ ।

त्यस्तै  विज्ञप्तिमा मधेस आन्दोलनको अनुगमनमा खटिएको मन्दिरा श्रेष्ठ, विभा ढुङ्गाना र श्रीराम कार्की लगायतको टोलीमाथि बिहीबार सर्लाही नवलपुरको जुटपानीमा आन्दोलनकारीले आक्रमण गरी गाडी, क्यामरा, महत्वपूर्ण कागजपत्र र अनुगमनमा प्रयोग गरिने ज्याकेट जलाइदिएको उल्लेख गर्दै जीवनको अधिकार, स्वास्थ्य, शिक्षा, खाद्यान्नलगायतका आधारभूत सेवामा अवरुद्ध गर्ने र मानवअधिकार रक्षक, सञ्चारकर्मी र मानवीय सेवामा कार्य गर्ने व्यक्ति तथा निकायको सुरक्षा र संरक्षण गर्नका लागि आयोगले सरकार र सम्बन्धित निकायको ध्यानाकर्षणसमेत गराएको छ ।