बिहिबार, बैशाख १३, २०८१

अनुमान र हल्लाको पछि नलागी परिणामको प्रतीक्षा गर्न उपप्रधानमन्त्री थापाको आग्रह

काठमाडौ मार्ग १७, नेकपा एमाले नेतृत्वको गठबन्धन सरकारका उपप्रधान एवम् परराष्ट्रमन्त्री कमल थापाले मुलुकको वर्तमान स्थितिमा चाँडै नै सुधार आउने download (22)बताउनुभएको छ । भारतको तीनदिने भ्रमण सकेर आज स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उपप्रधानमन्त्री थापाले दुइ देशवीच देखिएको असहजस्थिती हटाउन यस पटकको आफ्नो भारत भ्रमण सफल भएको अभिव्यक्ति दिदै उहाँले अनुमान र हल्लाको पछि नलागी परिणामको प्रतीक्षा गर्न आग्रह गर्दछु भन्नुभयो ।त्यस्तै उपप्रम थापाले भ्रमणका क्रममा भारतीय विदेश मन्त्री सुष्मा स्वराजलगायत भारतीय नेता तथा पदाधिकारीसँग भएको सौहार्दपूर्ण वार्ता भएको जानकारी दिनु भएको थियो ।