मङ्लबार, बैशाख १८, २०८१

नियमावली मस्यौदा समितिको सभापतिमा वरिष्ठ अधिवक्ता अधिकारी सर्वसम्मत, विडारीको संयोजकत्वमा ११ सदस्यीय उपसमिति गठन

  काठमाडौ मार्ग १५, व्यवस्थापिका–संसद् नियमावली मस्यौदा समितिको आजबसेको बैठकले संसद्को कार्य सञ्चालन नियमावली मस्यौदा समितिको mqdefaultसभापतिमा राधेश्याम अधिकारी चयन गरेको छ । सांसद अधिकारीलाई सभापतिमा चयन गरियोस् भन्ने नेकपा एमाले का सांसद कृष्णभक्त पोखरेल प्रस्तावक र नेपाली काँग्रेस संसदीय दलका प्रमुख सचेतक चीनकाजी श्रेष्ठ समर्थक रहनुभएको प्रस्तावलाई बैठकले अनुमोद गर्दै सभापतिमा अधिकारीको चयन गरिएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।
यसअघि समितिको सभापति पदका लागि अधिकारीको नामसँगै रामनारायण विडारी र लोकनाथ ढकालको उम्मेदवारीको प्रस्ताव आ–आफ्नो पक्षबाट प्रस्तुत गरिएको समाचार जनाईएको छ ।

त्यस्तै बैठकले २०७४ साल माघ ७ गतेसम्म कायम रहने हालको सांसदको सञ्चालन सम्बन्धमा १० दिनभित्र प्रारम्भिक मस्यौदा तयार गर्न समितिका सदस्य गरेको छ । यसरी गठन गरिएको उपसमितिका सदस्यमा नवीन्द्रराज जोशी, मीनबहादुर विश्वकर्मा, रेवतीरमण भण्डारी, कृष्णभक्त पोखरेल, प्रेमबहादुर सिंह, कुन्ती शाही, अतहर कमाल मुसलमान, अइन्द्रसुन्दर नेम्वाङ, योगेन्द्र चौधरी र लोकमणि ढकाल रहनुभएको छ ।