बुधबार, बैशाख २६, २०८१

आजको बैठक पनि विषय प्रवेसनै नगरी स्थगन, अर्काे बैठक मार्ग २० गते

काठमाडौ मार्ग १५, निर्धारित समयभन्दा एक घन्टा ढिलो सुरु भएको व्यवस्थापिका–संसद्को आजको बैठक पनि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र bicc-1नेमकिपाका सांसदको अवरोधका कारण प्रस्तावित एजेन्दामा प्रवेसनै नगरी स्थगन भएको छ ।

बैठकको प्रारम्भसँगै नेपाली काँग्रेस र मधेस केन्द्रित दलहरुले आआफ्नो स्थानबाट उठेर विरोध जनाएपछि सभामुख ओनसरी घर्ती मगरले प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता फर्मुल्लाह मन्सुरलाई बोल्न समय प्रदान गरेको घोषणा गर्नासाथ मोर्चासँग आबद्ध दलका सांसद रोस्ट्रम नजिक आएर तथा नेमकिपाका सांसदले लगातार नाराबाजीसुरु गरेपछि सभामुखले

नाराबाजी बन्द गर्दै आआफ्नो स्थान ग्रहण गरेर बैठक सञ्चालनमा सहयोग पु¥याउन पटक पटक आग्रह गर्दा पनि केहि नलागेपछि ससद्को अर्काे बैठक मार्ग २० गते बस्ने गरि बैठक स्थगनको घोषणा गर्नु भएको थियो ।