बुधबार, बैशाख १९, २०८१

झापाको दक्षिणी सीमावर्ती गाविस केचनामा हतियारसहित नेपाल प्रवेश गरेका भारतीय सुरक्षाकर्मी सशस्त्र प्रहरीको नियन्त्रणमा

काठमाडौं मार्ग १३, झापाको दक्षिणी सीमावर्ती गाविस केचनामा दशगजा छिचोलेर नेपाली बस्तीमा हतियारसहित प्रवेश गरेका भारतीय सीमा सुरक्षा बल (एसएसबी)का १३ जना भारतीय सुरक्षाकर्मीलाई आज बिहान चार थान आधुनिक हतियार सहित सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । झापाका प्रजिअ तेजप्रसाद पौडेलले आज बिहान नेपाली बस्तीमा भारतीय सुरक्षाकर्मी पसेको जानकारी गाउँलेले दिएपछि सशस्त्र प्रहरीको सीमा सुरक्षा टोली घटनास्थलमा पुगेर उनीहरूलाई नियन्त्रणमा लिएको बताउनुभयो ।

प्रजिअ पौडेलले सदरमुकाम चन्द्रगढीबाट घटनाको स्थलगत विवरण लिन सहायक प्रजिअ डम्बरुप्रसाद निरौलालाई केचना पठाइएको बताउनुभएको छ । हाल भारतीय सुरक्षाकर्मीलाई केचनास्थित सशस्त्र सीमा सुरक्षा बलको क्याम्पमा राखिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2015
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031