शुक्रबार, बैशाख १४, २०८१

भारतीय जिप तोडफोड गर्ने पक्राउ , धाडिङमा ट्रक जलाइयो

काठमाडौं मार्ग १३ , नेकपा माओवादीले आज एचआर २६ जेड ०२२७ नंको भारतीय जिप कञ्चनपुरको भीमदत्तनगर बजारमा तोडफोड गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरलाइ उदृत गर्दै प्राप्त समाचारमा उल्लेख गरिएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार चम्मन चोकबाट गड्डाचौकीतर्फ गइरहेको भारतीय जिपलाइ रोक्दै माओवादीका कार्यकर्ताले तोडफोड गरेको जनाउँदै तोडफोडमा सल्गन माओवादीका कार्यकर्ता देवीदत्त पाण्डेयसहित पाँच जनालाई नियन्त्रणमा लिइएको जनाएको छ ।
kanchanpur_distric dhading-map
यसैवीच विप्लव नेतृत्वको माओवादीको आव्हानमा भएको आजको बन्दको क्रममा बन्दको अवज्ञा गरेको भन्दै बन्तकर्ताहरुले आज बिहान धाडिङ कालु पाँडे राजमार्ग अन्र्तगतको नलाङ गाविस–६ स्थित सिक्रे खोला नजिक एक ट्रकमा आगजनी गरेको छ । स्थानीय प्रहरीलाई उदृत गर्दै प्राप्त समाचारमा चितवनबाट इँटा बोकेर धादिङबेंसी आउँदै गरेको ना४ख ७१३० नंको ट्रकमा तीन जनाको समूहमा आएका बन्दकर्ताले पेट्रोल छर्की आगजनी गरेको र पूर्णरुपमा जलेको उल्लेख गरिएको छ ।