काठमाडौ मार्ग ८, संयुक्त राष्ट्रसङ्घको मानवअधिकार उच्चायोगका प्रवक्ता रविना सम्दासनीले आज एक विज्ञप्ति जारी गद ले नेपाल—भारत सीमानाकामा जारी अवरोधका कारण कारण मानवीय सङ्कट पैदा हुनुको अलावा मधेसमा बढ्दो हिंसाप्रति गहिरो चिन्ता व्यक्त गरेको छ । त्यस्तै विज्ञप्तिमा उच्चायोगले अत्यावश्कीय सामग्रीको ढुवानी हुन नदिनु मानवअधिकारको गम्भीर उल्लङ्घन भएको जनाउँदै सरकार र आन्दोलनरत पक्षलाई मानवीय सङ्कटको समाधान खोज्न आग्रह गर्दै अत्यावश्यकीय सामान आपूर्तिका लागि सुरक्षित मार्ग उपलब्ध गराउन र मानवअधिकारको सम्मान गर्न भनिएको छ । खाना पकाउने ग्यास, औषधि, अत्यावश्यकीय सामग्रीको भण्डारण सकिएको र मुलुकमा मानवीय सङ्कट बढेको उल्लेख गर्दै विज्ञप्तिमा मानवीय सङ्कट बढेको र त्यसले जनता र मुलुकलाई निकै ठूलो असर परेकाले समस्या समाधानमा लाग्न जोड दिइएको छ ।
मानवीय सङ्कट एवम मधेसमा बढ्दो हिंसाप्रति मानवअधिकार उच्चायोगद्दारा गहिरो चिन्ता व्यक्त
November 24, 2015
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
- संसद्मा बोल्ने अनुमति माग गर्दै सभामुख घिमिरेलाई गृहमन्त्री लामिछानेले लेख्यो पत्र
- चन्द्रागिरि नगरपालिकामा बुधवार सार्वजनिक बिदा
- सत्तारुढ र प्रतिपक्षी दलहरु आ-आफ्नो अडानमै,सभामुखले डाकेको बैठक निष्कर्षविहीन
- सहकारी प्रकरणमा संसदीय छानबिन समिति बनाउने कांग्रेसको अडान कायमै :सचेतक लेखक
- गण्डकी प्रदेश सरकार विश्वासको मत प्रकरण : सभामुखको घोषणाविरुद्ध सर्वोच्चमा रिट दायर
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np