मङ्लबार, बैशाख १८, २०८१

मेरो एउटा कथा छ

IMG_1607-गौतम डंगोल “सन्देश”

मेरो एउटा कथा छ
सुनीदिने कोहि भगवान भईदिए
अरु पनि धेरै धेरै व्यथा छ
मेरो एउटा कथा छ
छातीभरी गुम्सीएको धेरै ठुलो कुरा छ
त्यहि कुराको साथ बग्न थुनिएको  आँशु छ
मेरो एउटा घाउ छ
बुझिदिने कोहि मान्छे भइदिए
मन भित्र चोखो मीठो माया छ
मेरो एउटा कथा छ
जिन्दगीको एउटा भुल रात बनि छिप्पेको छ
त्यहि रातको अँधेरी चिर्न जुनेलीको खा“चो छ
मेरो एउटा आश छ
हिंडिदिने कोहि साथ भईदिए
लक्ष्य पुग्ने लामो लामो बाटो छ
मेरो एउटा कथा छ ।

-गौतम डंगोल “सन्देश”