मङ्लबार, बैशाख १८, २०८१

वर्ष ०७२ को नारायणगोपाल सङ्गीत सम्मान’ रिमाल र बास्कोटालाई

Narayan_gopal02काठमाडौ मार्ग १०, नारायणगोपाल सङ्गीत कोषले वर्ष ०७२ को रु २५ हजार र सम्मानपत्र सहितको नारायणगोपाल सङ्गीत सम्मान’ वरिष्ठ गायक तथा कलासाधक हरिप्रसाद रिमाल र सङ्गीतकार एवम् गायक शम्भुजित बास्कोटालाई प्रदान गर्ने निर्णय गरेको छ । कोषका अनुसार उक्त सम्मान आगामी मार्ग १९ गते स्वरसम्राट् नारायणगोपालको २५औँ स्मृति दिवसका अवसरमा प्रदान गरिने जनाएको छ ।