शनिबार, बैशाख ८, २०८१

परीक्षा मेरो….

pen-copy-gift-150x1502

गौतम डंगोल “सन्देश”

 

परीक्षा तिमीले चाहेको हो भने मेरो
म आफ्नै चितामा सजीन सक्छु
तिमीले दिएको आँशु पिएर
हरेक साँझ रंगीन सक्छु
परीक्षा तिमीले चाहेको हो भने मेरो

प्रेम बिनाको सम्बन्ध होइन मेरो पनि
तृष्णामा मुछिएको माया होइन मेरो पनि
हृदय मेरो छोमेको हो भने
म दिल जलाई तिमीलाई न्यानो दिन सक्छु
तिमीले खेलेको खेल हारेर
म तिमीलाई सँधै जीत दिलाउन सक्छु
परीक्षा तिमीले चाहेको हो भने मेरो

समर्पण बिनाको सद्भाव होइन मेरो पनि
स्वार्थमा जेलिएको माया होइन मेरो पनि
विस्वास मेरो तौलेको हो भने
म आफ्नै रगतले तिम्रो प्यास मेटाउन सक्छु
तिमीले गरेको घाट सहेर
म तिम्रो सँधै गुन गान गाउन सक्छु
परीक्षा तिमीले चाहेको हो भने मेरो