बुधबार, बैशाख १९, २०८१

‘फिफाद्वारा एन्फा अध्यक्ष गणेशथापा विरुद्ध गरिएको पछिल्लो कारबाही प्रकरणको समाचारप्रति अख्तियारले यसो भन्यो

काठमाडौ मार्ग ४, अन्तर्राष्ट्रिय फुटबल महासङ्घ ‘फिफाद्वारा एन्फाका अध्यक्ष गणेश थापामाथि हालै गरिएको कारबाही सन्दर्भसँग गाँसेर सञ्चार माध्यमले 10923668_433567213459267_4650028694648365497_nअख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई समेत लक्षित गर्दै प्रकाशित प्रसारित समाचारप्रति आयोगले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।आयोगका प्रवक्ता कृष्णहरि पुस्करले आज जारी गर्नुभएको विज्ञप्तिमा ‘फिफाद्वारा थापा विरुद्ध गरिएको पछिल्लो कारबाही प्रकरण सन् २००९ र २०११ मा ‘फिफा’ कार्य समिति निर्वाचनमा एसियाली प्रतिनिधि चयन गर्दा निजले गरेको अनियमिततामाथि केन्द्रित रहेको आयोगले स्पष्ट गरेको छ ।

आयोगमा पटक पटक परेका उजुरी निवेदन एवम् सम्मानित संसद्को सार्वजनिक लेखा समितिले विभिन्न १६ वटा विषयवस्तु निर्धारण गर्दै गत वर्षको आश्विन दोस्रो साता छानबिनका लागि लेखी पठाए बमोजिम एन्फा अध्यक्ष थापामाथि आयोगले छानबिन गरेको जनाउँदै विज्ञप्तिमा सार्वजनिक लेखा समितिद्वारा निर्धारित विषयवस्तु एवम् आयोगमा प्राप्त अन्य उजुरीमाथिको विस्तृत एवम् गम्भीर अनुसन्धान र छानबिनद्वारा लेखा समितिबाट समेत औँल्याइएका विषय तथा अन्य उजुरीका हकमा अनियमितताको तथ्यगत पुष्टि हुन नसकेपछि आयोग ती उजुरी तामेलीमा राख्ने निष्कर्षमा पुगेको वास्तविकता पुनःस्मरण गराउनुको अलावा   आयोगको तामेली निर्णय नै कुनै पनि उजुरीमाथिको अन्तिम निर्णय नभएको यसवीचमा कुनै त्यस्तो प्रमाण प्राप्त भएको अवस्थामा तामेली उजुरीलाई आयोगले पुनः छानबिन एवम् अनुसन्धानको दायरामा ल्याउन सक्ने आयोगले जनाएको छ ।

त्यस्तै विज्ञप्तिमा स्वभावतस् आयोग एउटा स्वतन्त्र र निष्पक्ष संवैधानिक निकाय हो । आयोगका प्रत्येक कार्य र निर्णयहरु मोलाहिजा, पुर्वाग्रह र अपारदर्शिताबाट मुक्त छन् र आयोगमा पर्ने उजुरीहरुको छानविन, अनुसन्धान एवं कारवाहीको आफ्नै विशिष्ट एवं वैज्ञानिक शैली छ । यस पृष्ठभूमिमा विषयवस्तुको गंभिरतालाई उपेक्षा गर्दै आयोगको मर्यादा र प्रतिष्ठामाथि नै धावा बोल्ने ढंगबाट सतही एवं मनोगत आधारमा निर्मित समाचार र विचारहरुलाई कतिपय संचारमाध्यम हरुले अनावश्यक महत्वका साथ स्थान दिदै आएको कुरा प्रति आयोग दुस्ख व्यक्त गर्दछ । आयोगका अनुसन्धान अधिकृतहरुले महिनौको दुस्ख र मेहेनतका साथ गरेको वृहत एवं गम्भिर अनुसन्धान एवं आयोगको निष्पक्ष निष्कर्श माथि प्रश्न उठाउनु भन्दा पनि यस विषयमा थप वस्तुनिष्ठ प्रमाणहरु उपलव्ध गराएर आयोगको अनुसन्धान कार्यमा सहयोग पुर्याई दिन हुन आयोग सम्वद्ध सवै पक्षलाई आग्रह गर्दछ । आयोग विरुद्ध अनर्गल प्रचार र काल्पनिक आक्षेप लगाउनुको सट्टा भ्रष्टाचार तथा अनियमितता सम्वन्धि तथ्यगत आधार सहितका सूचनाहरु उपलव्ध गराएर भ्रष्टाचार नियन्त्रण एवं सुशासन स्थापनाको गुरुत्वर अभियानमा योगदान दिन हुन आयोग तमाम संचारकर्मी तथा जनसाधारणमा थप अपिल समेत गर्दछ । जहाँ सम्म “फिफा” निर्वाचनका क्रममा अध्यक्ष थापाले गरेको भनिएको अनियमितताको विषय छ सो सन्दर्भमा हाल आयोगले अध्यक्ष थापा सम्वद्ध फिफाका निर्णय एवं वस्तुगत प्रमाणहरु संकलन गरि रहेको र सो विषय आयोगको क्षेत्राधिकार भित्र पर्ने भएको खण्डमा छानविन एवं अनुसन्धान कार्यलाई तिव्रताका साथ अघि बढाउन आयोगले कुनै कसर बाँकी नराख्ने तथ्य समेत जानकारी गराईन्छ । स्वतन्त्र, निष्पक्ष र व्यवसायिक पत्रकारीता प्रति आयोगको सदैव उच्च सम्मान रहि आएको छ । आयोग संग सम्वन्धित विषयवस्तु माथि आयोगको समेत आधिकारिक धारणा बुझेर मात्र समाचार प्रकाशन प्रसारण गरिदिन हुन आयोग आम संचार जगत संग आग्रह गरेको छ ।