बिहिबार, बैशाख १३, २०८१

सरकार र मधेसी मोर्चाको वार्तामा काँग्रसले मध्यस्थता गर्ने महामन्त्री सिंहको जिकिर

काठमाडौ मार्ग ५, काठमाडौं  निर्वाचन क्षेत्र १ अन्र्तगत डिल्लीबजार टोल सुधार समितिले आज आयोजना गरेको कार्यक्रमलाइ सम्बोधन गर्दै काँग्रस महामन्त्री प्रकाशमान सिंहले मधेसमा जारी समस्याको समाधानका लागि काँग्रेसले मधेसी दल र सत्तापक्षसंग सार्थक वार्ता सुरुगर्ने जनाउ दिनु भएको छ । सम्बोधनको 12239719_10153745209512329_8647662524992326661_nक्रममा महामन्त्री सिहैले मुलुकमा जारी विषम अवस्था अन्त्यका लागि काँग्रसले सरकार र मधेसी दलको वार्ताका लागि मध्यस्थताको भूमिका खेल्नेछ । तर यसको लागि सरकार पूर्णरुपमा इमान्दार भएर प्रस्तुत हुनपर्ने जिकिर गर्नु भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

साथै उहाँले संसदमा प्रस्तुत बिधेक पारित गराउन सरकारले आनाकानि गरिरहेकाले आफुहरु सशक्त रुपमा सदन मा प्रस्तुत हुने जानकारी दिदै पछिल्लो समय नाकाबन्दीको नाममा जनजीवन अस्तब्यत हुनेगरि कालोबजारी मौलाउँदा पनि वर्तमान सरकार चुप लागेर बसेको देख्दा आफूलाई आश्चर्य लागेको महामन्त्री सिंहको बताउँनु भएको थियो ।