बिहिबार, बैशाख ६, २०८१

नाकाबन्दी आफैमा न्यायोचित नभएको नेता निधिको जिकिर

काठमाडौ मार्ग ४, नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले सिमानाकामा जारी राख्दै आएको नाकाबन्दी खुलाउन भारतीय प्रम र आन्दोलनरत मधेसी मोर्चालाई download (1)अनुरोध गर्नुभएको छ । रिपोर्टर्स क्लबले आज यहाँ आयोजना गरेको साक्षात्कारमा नेता निधिले एक छिमेकी मुलुकले अर्को छिमेकी मुलुकप्रति घोषित वा अघोषित जुन कुनै भएपनि नाकाबन्दी गर्नु आफैमा न्यायोचित नभएको भन्दै यस्तो आग्रह गर्नु भएको हो ।  त्यस्तै उहाँले सम्बोधनको क्रममा काँग्रेस नेतृत्वको सरकारले संसद्मा दर्ता गराएको संविधान संशोधन प्रस्ताव अहिलेको सङ्कट समाधानको प्रस्थानबिन्दु हुनेदावी गर्दै सहमतिबाटै सीमाङ्कन फेरबदल गर्ने कुरामा काँग्रेस सहमत रहेको बताउनुभयएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।