बिहिबार, बैशाख २०, २०८१

एमाले नेतृत्वको गठबन्धन मन्त्रिमण्डल विस्तार गर्ने तयारी

काठमाडौ कात्तिक १४,  राष्ट्रपति उपराष्ट्रपतिको निर्वाचन सकिय लगत्तै एमाले अध्यक्ष केपी ओली नेतृत्वको गठबन्धन सरकारले आइतबार मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरेको बुझिएको छ ।
UMLयस पटकको मन्त्रिमण्डल विस्तारमा सरकार गठन हुँदै गर्दा गठबन्धन सरकारका घटकहरुवीच भएको सहमति अनुरुप एमालेको भागमा परेको रक्षा, सञ्चार, अर्थ, सङ्घीय मामिला एवं स्थानीय विकास, स्वास्थ्य, सहरी विकास र संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्रालयमा एमालेले जिम्मेवारी तोक्ने बताइएको छ ।

त्यस्तै मन्त्रिमण्डलको विस्तारपछि राष्ट्रिय योजना आयोगलगायत आयोग र समितिहरुको पूर्णता लगायत विभिन्न निकायमा राजनीतिक नियुक्तिको लागि पनि एमालेले आवश्यक कार्यविधिबनाईएकासकेको एमाले सम्वद्ध उच्च स्रोतले जनाएको छ । एमालेको तर्फबाट संसदमा प्रतिनिधित्व गर्दै आएको पार्टी उपाध्यक्ष विद्या भण्डारी राष्ट्रपतिमा निर्वाचित भएपछि रिक्त रहेको संसद सदस्यमा समेत नयाँ सदस्यको मनोनयन गर्ने तयारी रहेका बुझिएको छ ।