शनिबार, बैशाख ८, २०८१

उपराष्ट्रपतिको निर्वाचनमा सहयोगको माग गर्न प्रम ओली र अध्यक्ष प्रचण्ड पुगे बिजुक्छे निवासमा

काठमाडौं कात्तिक  १३,   शनिबार हुने उपराष्ट्रपतिको निर्वाचनमा गठबन्धन सरकारका प्रतिनिधी  उम्मेदवारका हैसियतमा एमाओवादीका तर्फबाट उम्मेदवारी दिनुभएका नन्दकिशोर पुन पासाङ लाई सहयोग गर्न भन्दै प्रधानमन्त्री केपी ओली एमाओवादीका अध्यक्ष प्रचण्ड र उपाध्यक्ष नारायणकाजी श्रेष्ठ सहितको टोली र Untitled-1नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छे वीच  भक्तपुरस्थित बिजुक्छे निवासमा विशेष छलफल भएको छ ।

छलफल मुलत उपराष्ट्रपति निर्वाचनमा केन्द्रीत रहेको र छलफलमा प्रम ओली र एमाओवादीका अध्यक्ष प्रचण्डले नेमकिपाका अध्यक्ष नेता बिजुक्छेलाइ सहयोग गर्न अनुनय आग्रह गर्दा उहाँले सहयोगको सवालमा आफ्नो पार्टीमा छलफल गरेर मात्र उपराष्ट्रपतिका बारे निर्णय लिइने प्रष्ट पार्दै विगतमा भएको सहमति सत्तारुढ दलले कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए मात्र सहयोग गर्ने गरिने बताउँनु भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ । छलफलको क्रममा नेमकिपाका सचिव सुनिल प्रजापति र सांसद प्रेम सुवालको सहभागिता थियो ।