मङ्लबार, बैशाख २५, २०८१

उपराष्ट्रपति पदको निर्वाचन आज हुँदै ,यादव र पासाङग चुनावी मैदानमा

काठमाडौं कात्तिक १४, नेपालको दोस्रो उपराष्ट्रपतिका लागि आज निर्वाचन हुँदैछ । व्यवस्थापिका संसदको बैठकमा आज बिहान ११ बजेपछि मतदान हुनेछ । निर्वाचनमा सत्तारुढ र विपक्षीबीच प्रतिस्पर्धा हुने भएको छ । सत्तारुढ गठबन्धनले एमाओवादी स्थायी समिति सदस्य नन्दकिशोर  पुन पासाङ र विपक्षी कांग्रेसले Untitled-1मधेसका पुराना नेता अमियकुमार यादवलाई अघि सारेको छ ।
उपराष्ट्रपतिमा निर्वाचित हुन संसदमा तत्काल कायम रहेका कुल सदस्य संख्या पाँच सय ९७ को बहुमत अर्थात कम्तीमा दुई सय ९९ मत ल्याउनुपर्ने आवश्यकता अनुरुप सत्ता घटकवीचको गठबन्धन अन्र्तगतका प्रतिनिधी उम्मेदवार पासाङको पक्षमा १ सय ८३ मत एमालेको तर्फबाट, त्यस्तै ८२ मत एमाओवादीको, २५ मत राप्रपा नेपालको र १४ मत फोरम लोकतान्त्रिकको, १२ मत भएको राप्रपालगायतका साना दलको रहेको छ भने प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका उम्मेदवार यादवको पक्षमा भने पार्टीगत २सय ७ मत मात्र रहेको अवस्था छ ।

यद्यपी आजको निर्वाचनमा आकस्मिक फेरबदल नभए गठबन्धन दलका उम्मेदवार पासाङग र यदि यसवीचमा केहि भइहाल्यो भने यादवले निर्वाचन जित्ने छ । उपराष्ट्रपति चयनका लागि बिहान ११ देखि दिउँसो २ बजेसम्म मतदान हुनेछ । त्यसपछि आजै साँझ ५ बजे बस्ने संसद बैठकले मतपरिणाम सार्वजनिक गर्नेछ । मतदानका लागि सबै तयारी पूरा भएको संसद् सचिवालयले जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2015
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930