शनिबार, बैशाख १५, २०८१

उपराष्ट्रपतिको निर्वाचन: गठबन्धन सरकारका प्रतिनिधी उम्मेदवार पासाङ र प्रतिपक्षदल काँग्रेसका उम्मेदवार यादववीच प्रतिस्पर्धा हुँने

काठमाडौ कात्तिक १३ ,कात्तिक १४ गते हुँने उपराष्ट्रपति निर्वाचनमा दुईजना उम्मेदवारबीच तिब्र प्रतिस्पर्धा हुने भएको छ । यसअघि नेपाल परिवार दलका तर्फबाट उम्मेदवारी दर्ता गराउनुभएका दयाराम कँडेल र स्वतन्त्र सांसद अतहर कमाल मुसलमानले उम्मेदवारी प्रस्ताव प्रमुख प्रतिपक्षदल नेपाली काँग्रेसका Untitled-1उम्मेदवार अमियकुमार यादव र एमाओवादीका उम्मेदवार नन्दकिशोर पुन पासाङको मात्र उम्मेदवारी कायम भएको व्यवस्थापिका–संसद् सचिवालयले जनाएको छ ।
यसैवीच गठबन्धन सरकारका नेतृत्वकर्ता एमाले र सत्तासाझेदार घटक एमाओवादीको आग्रहपछि परिवार दलका तर्फबाट दर्ता गराइएको उम्मेदवारी फिर्ता भएको जनाइएको छ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको आग्रहपछि आफ्नो तर्फबाट दर्ता गरिएको उम्मेदवारी फिर्ता लिइएको परिवार दलद्दारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।  सचिवालयले तय गरेको निर्वाचन तालिकाअनुसार कात्तिक १४ गते बिहान १० देखि १३ बजेसम्म संसद् भवन नयाँ बानेश्वरमा निर्वाचन हुनेछ । सोही दिन ५ बजे बस्ने व्यवस्थापिका–संसद्को बैठकमा सभामुखले उपराष्ट्रपतिको मत परिणाम सार्वजनिक गरिने भएको छ ।