शनिबार, बैशाख ८, २०८१

उपराष्ट्रपतिमा गटबन्धन सरकारका प्रतिनिधी उम्मेदवार पासाङ विजयी

सासद जस्तो नितिनिर्माण तहका व्यक्तिहरुबाटै राष्ट्रपतिको निर्वाचनमा ८ मत बदर उपराष्ट्रपतिको निर्वाचनमा त्यो सख्या बढेर १० मत पुग्यो

काठमाडौँ कात्तिक १४, गणतन्त्र नेपालको दोस्रो उपराष्ट्रपतिमा गटबन्धन सरकारका प्रतिनिधी उम्मेदवार एवम एमाओवादीका स्थायी समिति सदस्य images (2)नन्दकिशोर पुन पासाङ विजयी हुनुभएको छ । व्यवस्थापिका–संसद्मा आज भएको उपराष्ट्रपतिको निर्वाचनमा पासाङगले ३२५ मत प्राप्त गर्नुभए थियो भने उहाँका निकटतम प्रतिसप्रर्धी नेपाली काँग्रेसका उम्मेदवार अमियकुमार यादवले २१२ मत प्राप्त गर्नुभएको थियो ।

व्यवस्थापिका–संसद्मा हाल ५९७ जना सांसद रहेका छन् । तीमध्ये निर्वाचनमा ५४७ सहभागी भएका थिए । तराई मधेसमा आन्दोलनमा रहेका मधेसवादी दलले भने निर्वाचनमा भाग लिएका थिएनन् । निर्वाचनमा १० मत बदर भएको संसद सचिवालयले जनाएको छ । पुनलाई संसद्मा रहेका गठबन्धन सरकारका प्रमुख घटक एमाले , एमाओवादी , राप्रपा नेपाल मजफो नेपाल लोकतान्त्रिक लगायत १५ दलले समर्थन गरेका थिए । व्यवस्थापिका–संसद्को बैठक कात्तिक २२ गते आइतबार बिहान ११ बजे बस्ने छ ।