मङ्लबार, बैशाख २५, २०८१

निवर्तमान राष्ट्रपति डा.यादवले राष्ट्रपति निवास छोड्दै भने- सक्रिय राजनीतिमा फर्कन्न

कुनै पनि संविधान पूर्ण दस्तावेज हुन सक्दैन, निरन्तरको अभ्यासपछि समय सापेक्ष संशोधनबाट नै संविधानले पूर्णता
प्राप्त गर्ने निवर्तमान राष्ट्रपतिको अभिव्यक्ति

काठमाडौं कात्तिक १२,  निवर्तमान राष्ट्रपति डा रामवरण यादवले आफू सक्रिय राजनीतिमा नफर्कने बताउनुभएको छ । उहाँले आज राष्ट्रपति निवास छोड्दै ललितपुरको बागडोलस्थित सरकारले उपलब्ध गराएको निवासमा प्रवेश गर्ने क्रममा पत्रकारहरुसंग कुरा गर्दै यस्तो अभिव्यक्ति दिनु भएको प्राप्त समाचारमा जनाईएको छ ।
rambara कुराकानीकै क्रममा निवर्तमान राष्ट्रपति डा यादवले हिमाल, पहाड, तराई जहाँ बसे पनि एकताबद्ध भएर बस्नुपर्ने भन्दै आफुले दौरा, सुरुवाल र ढाका टोपी लगाएर आफूले तराई, पहाड र हिमाललाई जोड्ने काम गरेको समेत बताउँनु भएको थियो । त्यस अवसरमा निवर्तमान राष्ट्रपति डा यादवलाई नेपाली काँग्रेस ललितपुरका सभापति एवम् सांसद मदनबहादुर अमात्य, काँग्रेस काठमाडौँ सभापति एवम् सांसद भीमसेनदास प्रधान, सांसद चन्द्र महर्जन र किरण यादवले स्वागत गर्नुभएको थियो ।

यसअघि नवनिर्वाचित राष्ट्रपतिको शपथग्रहण कार्यक्रमलाइ सम्बोधन गर्दै उहाँले नेपाली जनताले २००७ सालदेखि २०६२÷०६३ सम्मका आन्दोलनमार्फत अभिव्यक्त गरेका कैयौँ चाहना आज साकार भएको अभिव्यक्ति दिदै कुनै पनि संविधान पूर्ण दस्तावेज हुन सक्दैन, निरन्तरको अभ्यासपछि समय सापेक्ष संशोधनबाट नै संविधानले पूर्णता प्राप्त गर्ने बताउँनु भएको थियो ।

साथै उहाँले प्रमुख दलले १२ बुँदे सहमतिदेखि सङघीय लोकतान्त्रिक गणतन्त्रको घोषणा हुँदासम्म कायम गरेको एकता र सहकार्य आगामी दिनमा पनि कायम रहोस् भन्ने कामना गर्दै  आज अन्तरिम शासन व्यवस्थाको एउटा चरण पूरा भएको छ । मुलुकका प्रमुख राजनीतिक र संवैधानिक मुद्दा धेरै हदसम्म सुल्झिसकेको पृष्ठभूमिमा अब सबैको ध्यान आर्थिक र सामाजिक विकासतर्फ केन्द्रित हुन सकोस भन्ने कामना गर्नु भएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2015
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930