शनिबार, बैशाख ८, २०८१

निवर्तमान राष्ट्रपति डा यादवको बिदाइ लगत्तै नवनिवाचित राष्ट्रपति भण्डारीको राष्ट्रपति भवनमा पदार्पण

काठमाडौ कात्तिक १२ , गणतन्त्र नेपालका निवर्तमान एवम् प्रथम राष्ट्रपति डा रामवरण यादवलाई आज शीतलनिवासमा आयोजित विशेष समारोहबीच बिदाइ गरिएको छ । बुधवार व्यवस्थापिका संसदको बैठकमा मुलकको दोस्रो राष्ट्रपतिको लागि भएको निर्वाचनमा एमालेका उपाध्यक्ष विद्यादेवी भण्डारी ३सय २७ मत b+yप्राप्त गर्दै राष्ट्रपतिमा निर्वाचित भएको र नव निर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीले आजै पद तथा गोपनियताको सपथ समेत लिइसकेको कारण निवर्तमान राष्ट्रपति डा यादवले राष्ट्रपति निवास छोड्नु भएपछि उहाँलाइ एक कार्यक्रमको आयोजना गर्दै नेपाल सरकारका तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओलीले आयोजना गर्नुभएको समारोहमा नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीले डा यादवलाई फूलको गुच्छासहित बिदाइ गर्नुभएको हो ।

त्यस क्रममा उपराष्ट्रपति परमानन्द झा, प्रधानन्यायाधीश कल्याण श्रेष्ठ, सभामुख ओनसरी घर्ती, प्रधानसेनापति राजेन्द्र क्षेत्री, राष्ट्रपति कार्यालयका सचिव टेकप्रसाद ढुङ्गानाले पनि डा यादवलाई उपहार प्रदान गर्नुभएको थियो । कार्यक्रममा निवर्तमान राष्ट्रपति डा यादवले अफ्नो सातवर्षे कार्यकालको अनुभवसहितको मन्तव्य दिनुभएको थियो । राष्ट्रपति निवासबाट विशेष कारगेडका साथ सरकारले उहाँका लागि व्यवस्था गरेको ललितपुरको बागडोलस्थित निवास जानु भएको छ ।

यसैवीच नवनिवाचित राष्ट्रपति विद्यादेवी भण्डारीले आजै ७५ वर्षीया आमा मिथिला पाण्डेसहित राष्ट्रपति निवासमा पदार्पण गर्नुभएको छ । यसअघि आज पद तथा गोपनीयताको शपथ तथा निवर्तमान राष्ट्रपति डा रामवरण यादवको बिदाइ समारोहमा सरिक भएपछि उहाँले विधिवतरुपमा राष्ट्रपति निवासमा पदार्पण गर्नु भएको थियो ।