बिहिबार, बैशाख २०, २०८१

काँग्रेस केन्द्रीय समिति बैठक: उम्मेदवार चयनको जिम्मेवारी पदाधिकारीलाई

काठमाडौ कात्तिक ७,  नेपाली काँग्रेसको आज विहान बसेको पदाधिकारी बैठकले गरेको निर्णय अनुसार आज अपरान्ह वानेश्वरमा बसेको केन्द्रीय समितिको बैठकले राष्ट्रपति र उपराष्ट्रपति पदमा उम्मेदवारी दिने निर्णय गर्नुका अलावा उम्मेदवार चयनको जिम्मेवारी पार्टी पदाधिकारीलाई दिएको छ।

Nepali_Congressत्यस्तै बैठकले उम्मेदवारसम्बन्धी निर्णय भने संसद्मा प्रतिनिधित्व गरेका सबै दलसँग चरणवद्ध छलफल गरेर अगाडि बढ्ने निर्णय गरेको पार्टी प्रवक्ता दिलेन्द्रप्रसाद बडूले बैठकपछि सञ्चारकर्मीहरूलाई जानकारी दिनुभएको जानकारी दिनुभएको छ ।

त्यस्तै गरि बैठकले संसद्मा दर्ता भएको संविधान संशोधन प्रस्ताव पारित गर्नुपर्नेमा जोड दिँदै अल्पसङ्ख्यक, आदिवासी, जनजाति, पिछडावर्ग, महिला, दलित, मुस्लिमलगायतको अधिकार सुनिश्चित गर्न विधान संशोधन अपरिहार्य भएको पक्षमा विशेष ठहर गर्दै नेपाल भारत सीमा नाकामा उत्पन्न अवरोध कूटनीतिक माध्यमबाट तत्काल अन्त्य गर्न सरकारको ध्यानाकर्षण समेत गराएको छ ।