शुक्रबार, चैत्र १६, २०८०

काँग्रेस पदाधिकारीको बैठक: काँग्रेसले राष्ट्रपति र उपराष्ट्रपतिमा उम्मेदवारी दिने

काठमाडौ कात्तिक ७, नेपाली काँग्रेसको आज बसेको पदाधिकारी बैठकले राष्ट्रपति र उपराष्ट्रपतिमा उम्मेदवारी दिने प्रस्ताव केन्द्रीय कार्यसमिति बैठकमा प्रस्तुत nc flageगर्ने निर्णय गरेको छ ।
पार्टी सभापति सुशील कोइरालाको निवासमा आज बिहान बसेको बैठकले संसद्मा प्रतिनिधित्व गरेका सबै राजनीतिक दलसँग परामर्श गर्दै दुवै पदमा पार्टीका उम्मेदवारलाई विजयी गराउने रणनीतिका साथ उम्मेदवारी प्रस्ताव आजै अपराह्न बस्ने केन्द्रीय कार्यसमितिमा प्रस्तुत गर्ने र उक्त प्रस्तावमाथि केन्द्रीय समितिको बैठकले निर्णय गर्ने भएको छ ।