मङ्लबार, बैशाख १८, २०८१

सर्वपक्षीय राजनीतिकसभाको माग

काठमाडौ आश्विन १९, ३३ दलीय राष्ट्रिय मोर्चाले वर्तमान नयाँ संविधानको विषयमा असन्तुष्टि राख्ने पक्षको संयुक्त सहभागितामा अधिकार सम्पन्न सर्वपक्षीय images (25)राष्ट्रिय राजनीतिकसभाको आयोजना गर्न सरकारसँग माग गरेको छ । मोर्चाका संयोजक संयोजक युवराज सफलले आज जारी गर्नुभएको विज्ञप्तिमा विवादित विषयमा सहमति गरी नयाँ संविधानलाई सबैको साझा संविधान बनाउन प्याकेजमै सबै विषय टुङ्ग्याएर मात्र संविधान संशोधन गर्न मोर्चा माग गरिएको छ ।

त्यस्तै विज्ञप्तिमा सहमतीय तथा बहुमतीय सरकार निर्माणको कार्य थालिएकाप्रति मोर्चाले खेद प्रकट गर्दै अधिकार सम्पन्न सर्वपक्षीय राष्ट्रिय राजनीतिकसभाको आयोजना गरी सर्वमान्य संविधान बनाई सोही सभाबाट सर्वदलीय संयुक्त राष्ट्रिय सरकार गठन गर्न पनि मोर्चाले माग गरेको छ ।