शुक्रबार, चैत्र १६, २०८०

उपत्यकामा नयाँ ट्याक्सी दर्ता प्रक्रिया सुरु

काठमाडौ आश्विन १९ , यातायात व्यवस्था विभागले काठमाडौ उपत्यकामा खाली रहेको एक हजार ८५० र थप एक हजार ५०० गरी तीन हजार ३५० ट्याक्सी थप्ने प्रक्रिया सुरु गरेको छ ।  भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गत अषाढको पहिलो साता गरेको निर्णय अनुरुप दर्ता प्रक्रिया सुरु गरिएको हो । जसमा 1079photo1ट्याक्सी व्यवसायीलाई ६५०, आम नागरिकलाई ७०० र स्वरोजगार मजदुरका लागि ५०० ट्याक्सी दर्ता गरिने भएको छ ।

त्यस्तै यसपछि प्रक्रियापछि भूकम्प–पीडितका लागि ५००, डिलक्स ५०० र सुपर डिलक्स ५०० ट्याक्सी दर्ताको प्रक्रिया थाल्ने विभागले जनाएको छ । हाल उपत्यकामा पाँच हजार ६५० ट्याक्सी सञ्चालनमा रहेका छन् ।