सोमवार, बैशाख २४, २०८१

त्रिवि शिक्षण अस्पतालका चिकित्सकहरु आन्दोलनमा

काठमाडौ भाद्र १४, चिकित्सा क्षेत्रको सुधारलागिका विभिन्न आठबुँदे माग गर्दै गत भाद्र ७ गते देखि आमरण अनशन बस्नुभए नेपालका अन्ना हजारे भनेर govinda-kcचिनिने त्रिवि शिक्षण अस्पतालका वरिष्ठ डाक्टर प्राडा गोविन्द केसीको मागमा समर्थन जनाउँदै आजदेखि अस्पतालका चिकित्सक पनि आन्दोलनमा उत्रिएका छन् ।
आमरण अनशनमा बसेका केसीसँग सरकारले वार्ताको पहलसम्म नगरेको भन्दै आवासीय चिकित्सकहरूले आजदेखि आकस्मिक बाहेकका सेवामा काम नगर्ने निर्णय गर्दै आन्दोलनमा होमिएको हो ।  डा केसीले यस पटक त्रिविलगायत सबै विश्वविद्यालयमा दलीय भागबन्डा नभई वरिष्ठता र कार्यक्षमताका आधारमा पदाधिकारी नियुक्ति गरिनुपर्ने लगायतका आठबुँदे माग प्रस्तुत गर्नु भएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु