मङ्लबार, बैशाख १८, २०८१

युनियन ईमेज च्यानलकी अध्यक्ष श्रेष्ठले दिए राजीनामा

काठमाडौ श्रावण २७,  इमेज न्यूज एफएममा कार्यरत पत्रकार सन्दीप योगीलाई अन्यायपूर्वक हटाइएपछि उनको सम्मानजनक र कानूनसम्मत पुर्नवहालीसहितका श्रम अधिकार सम्बन्धित ११ बुँदे माग पूरा गराउन दबाब दिने उदेश्यले आज इमेजकर्मीहरुले इमेज च्यानलको कार्यालय, पानीपोखरी, काठमाडौंमा धर्ना दिएका छन ।
kशान्तिपूर्ण धर्नामा इमेजकर्मीहरुको बाक्लो सहभागिता थियो । अन्य सञ्चारमाध्यममा श्रमजीवीको माग पूरा गराउने भन्दै धर्ना दिनेलगायतका गतिविधि गर्दै आएको नेपाल पत्रकार महासंघका अध्यक्ष महेन्द्र विष्टलगायतका इमेज च्यानल शाखाका कोही पनि धर्नामा उपस्थित भएनन । विष्ट इमेज एफएमका संचालक÷व्यवस्थापक भएकैले इमेज च्यानलका श्रमजीवीको आन्दोलनमा उनी र विष्टको निर्देशनमा शाखाका कोही पनि उपस्थित नभएको ठहर इमेजकर्मी अधिकार संरक्षण संघर्ष समितिले गरेको बताएको छ । यो घट्नाले नेपाल पत्रकार महासंघ श्रमजीवी सञ्चारकर्मीको अधिकारको पक्षमा नरहेको र उल्टै मालिकमुखी संस्थामा रुपान्तरण भएको समितिले समितिले जारी गरेको प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ ।
त्यस्तै आजबाट सुरु भएको धर्ना विहिवार र शुुक्रवार अपरान्ह १ बजेदेखि आधा–आधा घण्टा हुने जनाउँदै भेलामा आन्दोलनकारीको माग बमोजिम योगीलाई हटाउने भूमिका खेलेको आरोप लागेकी नेपाल प्रेस युनियन इमेज शाखाका अध्यक्ष अनुपा श्रेष्ठले पदबाट राजीनामा दिएकोलाई उपलब्धिको रुपमा व्याख्या गरिएको छ ।
साथै सघर्ष समितिले पत्रकार योगीको पक्षमा नबोलेको, उनको पक्षमा भएको आन्दोलनमा दमन गरेको र पत्रकार निकाल्ने एफएमका मालिक भएका नाताले महेन्द्र विष्टलाई नेपाल पत्रकार महासंघको अध्यक्ष या एफएम संचालकमध्ये एक छोड्न पुनः अनुरोध गरेको छ ।
यस्तै इमेज च्यानलमा कार्यरत पत्रकार महासंघ प्रतिष्ठान शाखाका सदस्य सुरज आचार्य, पत्रकार महासंघ शाखाका अध्यक्ष दिल्ली बसेल र सचिव सञ्जीव बगालेलाई पनि श्रमजीवीको पक्षमा नलागेको, व्यवस्थापनको वकालत गरेको र श्रमजीवीको आन्दोलनमा लागेकालाई अराजकताको संज्ञा दिएकाले नैतिकताको आधार पद त्याग गर्न समितिले आग्रह गर्दै आएको छ ।
समितिले इमेज व्यवस्थापनलाई तत्काल वार्ताबाट समस्याको समाधान गर्न बारम्बार आग्रह गर्दै आएको छ । अन्यथा कडा आन्दोलन गर्न समिति बाध्य हुने बताइएको छ ।