शुक्रबार, बैशाख १४, २०८१

ईमेज संघर्ष समितिले माग्यो महासंघ अध्यक्ष बिष्टको राजीनामा

संघर्ष समितिले बुधबार देखी धर्ना सहित आन्दोलनलाई सशक्त बनाउने निर्णय

काठमाडौँ श्रावण २७, अख्तियार दुरुपयोग अनुसंधान आयोगका प्रमुख आयुक्तले गरेको ट्राफिक जामको फोटो खिच्दा ईमेजको जागिरबाट निकालिएका पत्रकार सन्दिप योगीको पुनर्बहाली लगायत ११ बुँदे माग राखेर संघर्षमा रहेको ईमेज अधिकारकर्मी संघर्ष समितिले o2आन्दोलनलाई सशक्त बनाउने निर्णय गरेको छ ।
ईमेजमा श्रमजिवी पत्रकार र कर्मचारिको भेला पछी समितिले आज सार्वजनिक गरेको निर्णय अनुसार ११ बुंदे मागलाई ईमेजका उपाध्यक्ष मोहन चन्द्र सिंह समक्ष प्रस्तुत गर्दै मागको सम्बोधन नभए बुधबार देखी धर्नामा उत्रिने जनाएको छ । यस अघी प्रस्तुत गरिएको मागका संबन्धमा ईमेज न्युज एफएम का संचालक समेत रहेका नेपाल पत्रकार महासंघका अध्यक्ष महेन्द्र बिष्टले योगीको पुनर्बहाली सहित ११ बुँदे मागको सम्बोधनका लागी पहल नगरी श्रमजिवी पत्रकारको हकहित बिपरित भूमिका खेलेको समितिले निष्कर्ष निकालेको आज जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
समितिले पत्रकार संदिप योगीलाई निकाल्न भूमिका खेल्ने नेपाल प्रेस युनियन ईमेज शाखाकी अध्यक्ष अनुपा श्रेष्ठ, प्रेस युनियन केन्द्रीय सदस्य ठाकुर बेलबासे र पत्रकार योगीलाई न्याय दिन असक्षम पत्रकार महासंघका अध्यक्ष महेन्द्र बिष्ट, पत्रकार महासंघ प्रतिष्ठान संयोजक सुरज आचार्य, पत्रकार महासंघ ईमेज साखाका अध्यक्ष डिल्ली बसेल र पत्रकार महासंघ ईमेज साखाका सचिव संजिव बगालेलाई पदबाट राजिनामा दिन भेलाले माग गरेको छ ।