धर्मान्तरणको बिषयमा कुनै नयाँ निर्णय भयो भने त्यो निर्णय प्रति हाम्रो घोर आपत्ति हुने भाजपा नेता जोलीको अभिव्यक्ति
नेपालमा राजतन्त्र पुर्नस्थापना हुन्छ भनेर कल्पना गर्नु केवल कोरा सपना मात्र
गोबिन्द पोख्रेल/नयाँ दिल्ली श्रावण १०, एमाले अध्यक्ष केपी ओलीको निमन्त्रणामा भारतीय जनता पार्टिका बरिष्ठ नेता बिजय जोली आज नेपाल आउँदै हुँनुहन्छ । एमाले अध्यक्ष ओलीको डिनर प्रोग्राममा सहभागी हुँन उहाँ नेपाल आउनु लाग्नु भएको हो ।
यसैक्रममा दिल्लीस्थित हाम्रा समाचारदाता संगकुरा गर्दै नेता जोलीले मुलुकको अर्थतन्त्र र राजनैतिक ब्यवस्थाको स्थिरताको लागि नेपालमा संविधान समयमै जारी गर्न जरूरी रहेको कुनैपनि निती नियम पारित गर्दा जनहित विपरीत हुन नहुँने जस्ता मुख्य विषयमा ध्यान दिनु पर्ने बताउँनु भएको छ । तर मईले यसो भन्दै गर्दा गलत अर्थलाग्न सक्छ यो त मेरो त्यहाँका जनता र नेताहरुका लागि सुझाव मात्र भएको पनि उहाँले प्रष्टाउँनु भएको छ ।
त्यस्तै उहाँले अहिले नेपालमा धर्म निरपेक्ष की धर्म सापेक्ष हिन्दु राज्यको चर्चा चलेको अवस्थाकावीच भाजपाको धारणा बताउँदै हो हामी हिन्दुत्वको बिषयमा चासो एवं सरोकार राख्छौ। जहाँ ९० प्रतिशत हिन्दुहरू छन, त्यहाँ हिन्दुत्व सम्बन्धि मूल्य र मान्यता हुनै पर्ने प्रसंगमा जोड दिनु भएको छ । त्यस्तै धर्मान्तरणको बिषयमा कुनै नयाँ निर्णय भयो भने त्यो निर्णय प्रति हाम्रो घोर आपत्ति हुने बताए ।
त्यस्तै राजतन्त्रको सवालमा सोधीएको एक सवालमा नेता जोलीले भने मोनार्कि ह्याज फिनिस्ड अर्थात राजतन्त्र खतम भयो नेपालमा अव पुर्नस्थापना हुने सवाल कहि कतै देखिदैन। नेपाल जब भूकम्पको त्रासदीपूर्ण संकटको संघारमा जुझिरहेका बेला राजा तिन-तिन हप्ता सम्म दिल्लीमा बसेर जानु नै दुर्भाग्य हो। जनताको विच जाने बेलामा दिल्लीमा आएर सुस्ताए। जनताकोविच गएर उनका समस्याहरूमा सहभागी भएका भए जनतामा उनी प्रति विश्वास पलाउने सम्भावना हुन्थ्यो। तर उनले त्यसो गरेनन्। त्यसैले अब नेपालमा राजतन्त्र पुर्नस्थापना हुन्छ भनेर कल्पना गर्नु केवल कोरा सपना मात्र हुनेछ, उनको भनाई रहेको थियो।