बिहिबार, बैशाख ६, २०८१

३१ बुँदे सहमतिपछि म्यानपावर संघसंस्था आजबाट सुचारु हुँदै

काठमाडौ श्रावण १०,  श्रम मन्त्रालय र वैदेशिक रोजगार व्यवसायी सङ्घबीचको शनिवार सम्पन्न वार्ताको निष्कर्ष स्वरुप विगत दुई साता देखि प्राय थप्प रहेको म्यानपावर संघसस्था आजबाट सुचारु हुँने भएको छ ।  मन्त्रालयले गत अषाढ २१ गतेदेखि मलेसिया र खाडीका छ मुलुकमा निःशुल्क हवाई टिकट र प्रवेशाज्ञाको व्यवस्था कार्यान्वयन गरेपछि आन्दोलत हुँदै म्यानपावर व्यवसायीले आआफ्ना सवै कार्यालय बन्द गरेका थिए । त्यस पछि जारी आन्दोलनलाई सम्बोधन गर्नका लागि सरकार र व्यवसायीबीच भएको  पटक/पटकको    वार्ताको श्रृखलाले  शनिवार सार्थकता पाएको हो ।

वार्ताको क्रममा श्रम तथा रोजगार मन्त्रालयका निमित्त सचिव सूर्यप्रसाद श्रेष्ठको संयोजकत्वमा व्यवसायी र मन्त्रालयका प्रतिनिधि सम्मिलित कार्यदल गठन गरी कार्यदलले दुई महिनाभित्र प्रतिवेदन तयार पारी त्यसले दिएका सुझावका आधारमा निःशुल्क हवाई टिकट र प्रवेशाज्ञा विषय टुङ्ग्याउने लगायतका ३१ बुँदामा सहमति भएको प्राप्त समाचारमा उल्लेख रहेको छ ।