सोमवार, बैशाख २४, २०८१

पूर्वयुवराज्ञी हिमानीले आज छापा माध्यमका सञ्चारकर्मीसंग भेट्दै

काठमाडौं श्रावण ७ , पूर्वयुवराज्ञी हिमानी शाहले आफू अध्यक्ष रहेको हिमानी ट्रस्ट र देशको पछिल्लो अवस्थाबारे जानकारी दिनुहुने भएको छ। आज छापा माध्यमका सञ्चारकर्मीलाई बोलाई उहाँले आफ्नो धारणा व्यक्त गर्न लाग्नुभएको हो। स्रोतका अनुसार शाहले भूकम्पपछि himani-3jpgट्रस्टले गरेका सहयोग र आगामी दिनमा गर्ने कार्यक्रमका बारेमा समेत जानकारी दिने तयारी गरेको बुझिएको छ । देशमा नयाँ संविधान आउन लागेको अवस्थामा अचानक सञ्चारकर्मीसँग भेटघाट राख्नु अर्थपूर्ण रूपमा हेरिएको र थाइल्यान्डबाट नेपाल फर्केका पति पूर्वयुवराज पारसले समेत सक्रिय सहभागिता जनाउन थालेको हिमानी ट्रस्टले पत्रकार भेटघाटमार्फत आफ्ना र राजसंस्थाको औचित्यताका बारेमा पत्रकारसँग धारणा लिएर ट्रस्टका अध्यक्ष हिमानी शाहले बोल्नुहुने कार्यक्रम रहेको उल्लेख गरिएको छ।

हिमानी भारत गएको समयमा भूकम्पपीडितलाई राहत उपलब्ध गराउन पारसले सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो। भूकम्पपछि राजधानीलगायत देशका विभिन्न भागमा राहत वितरण गर्दै आएको ट्रस्टले आफूले पछिल्लो समयमा गरेको सहयोगका बारेमा समेत जानकारी दिने कार्यक्रम रहेको छ। संविधानको मस्यौदा संकलन गरी संविधान जारी गर्ने तयारी रहेको समयमा राजसंस्थाका प्रतिनिधिका रूपमा रहेको ट्रस्टले पत्रकारसँग भेटघाट गर्नुलाई विशेष महत्त्वका रूपमा हेरिएको छ। कपनकी माताले केही समय पूर्वयुवराज पारससँगै नबस्न आग्रह गरेपछि छुट्टै बस्दै आउनुभएकी हिमानीले पूर्वराजामार्फत सबै राजावादीलाई सक्रिय बनाउने योजनाअनुसार भेटघाट कार्यक्रम राखेको हुन सक्ने आशंका गरिएको छ। तर ट्रस्टले भने संस्थाले गरेको कार्यक्रमका बारेमा आएको फिडब्याकबारे पत्रकारसँग जानकारी लिन कार्यक्रमको आयोजना गरिएको समाचारमा उल्लेख रहेको छ । बालुवाटारस्थित ट्रस्टको कार्यालयमा आयोजना हुने भेटघाट कार्यक्रममा सीमित पत्रकारलाई बोलाइएको बताईएको छ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु