शुक्रबार, बैशाख ७, २०८१

प्रधान सेनापति बिनाको राष्ट्रिय सुरक्षा परिषद् अपूर्ण : वरिष्ठ नेता देउवा

काठमाडौ श्रावण ६, ३३ औं विपी स्मृति दिवसका अवसरमा नेपाल प्रेस युनियनद्दारा आयोजित नयाँ संविधानमा हाम्रो सरोकार’ विषयक unnamed (3) unnamedकार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काँग्रेसका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधान सेनापति बिनाको राष्ट्रिय सुरक्षा परिषद् अपूर्ण हुने भन्दै परिषद्मा प्रधान सेनापति हुनैपर्ने बताउनुभएको छ ।
त्यस्तै नेता देउवाले सबै स्वतन्त्रताका अभियन्ता महामानव विपी कोईरालाले शासकका विरुद्ध बोल्न नपाईने राणा शासनलाई हटाएर विपी मुर्दावाद भन्न पाउने व्यवस्था स्थापना गरेको चर्चा गर्दै संविधान जारी गर्ने क्रममा लोकतन्त्रका मुलभूत मान्यतामा कसैसँग सम्झौता नहुने भन्दै प्रेस स्वतन्त्रता बिनाको लोकतन्त्र दिगो नहुँने बताउँनु भएको छ । साथै उहाँले मस्यौदामाथि आएका जनताका महत्वपूर्ण सुझावलाई आत्मसाथ गर्नुपर्ने बताउदै नेता देउवाले प्रेस स्वतन्त्रताका सम्बन्धमा सञ्चार क्षेत्रबाट आएका सुझावलाई नै पास गरिने विश्वास दिलाउनुभयो ।

कार्यक्रममा काँग्रेसका केन्द्रीय सदस्य तथा सभासद् अर्जुननरसिंह केसीले काँग्रेसमा विचार र आदर्शको खडेरी भएका बेला विपीको चिन्तन, आदर्श र विचारले पथप्रदर्शक गरेको बताउनुभयो । मुलुकका हरेक लोकतान्त्रिक आन्दोलनको नेतृत्व लिएको काँग्रेस पार्टीमा आन्तरीक लोकतन्त्रको विकास हुन नसकेको जानकारी गराउदै नेता केसीले काँग्रेसमा रहेकोे ६०/४० को भागवण्डाले पार्टी छिन्नभिन्न भएकाले यसलाई तोडनुपर्ने बताउनुभयो ।  सञ्चारकर्मीले सत्ताको भन्दा पनि सत्य कुरा लोख्नुपर्ने आग्रह गर्दै उहाँले संविधानमा रहेका अनगिन्ति त्रुटी नसच्याईए आफूले त्यस विरुद्ध प्रस्ताव ल्याउने बताउनुभयो ।

काँग्रेसका केन्द्रीय सदस्य तथा सभासद् नविन्द्रराज जोशीले प्रेस स्वतन्त्रता बिनाको प्रजातन्त्र अपुरो हुने भनी विपीले व्याख्या गरेको स्मरण गर्दै संविधानसभाबाट संविधान बनाउने विपीको सपना आज पुरा हुन लागकोमा खुशी व्यक्त गर्नुभयो । विपीले जनतालाई स्वतन्त्रता दिलाउन ज्यानको बाजी लगाएको स्मरण गर्दै नेता जोशीले विपीले आफैले सिद्धान्त प्रतिपादन गरी कार्यान्वयनका लागि आफै आन्दोलनको अग्रमोर्चामा उभिनु भएको बताउनुभयो ।

बरिष्ठ पत्रकार पुरुषोत्तम बस्नेतले विपीले आफ्नो शासन कालमा पत्रपत्रिकालाई प्रोत्साहन दिई नगद सहुलियतको व्यवस्था गर्नुका साथै आर्थिक, सामाजिक, शिक्षा, स्वास्थ्य, बैदेशिक सम्बन्धलगायतका क्षेत्रमा क्रान्तिकारी काम गरेको जानकारी दिनुभयो ।
राष्ट्रिय सूचना आयोगका आयुक्त किरणकुमार पोखरेलले दिगो लोकतन्त्रका लागि सूचनाको हकलाई स्तरोन्नती गर्नुपर्ने बताउदै विचार तथा अभिव्यक्ति स्वतन्त्रताको सीमा निर्धारण गर्न नहुने धारणा राख्नुभयो । कार्यक्रममा नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्ष तथा बरिष्ठ पत्रकार हरिहर विरही, युनियनका अध्यक्ष बद्री सिग्देल, युनियनका पूर्व अध्यक्ष हरि अधिकारी, युनियनका बरिष्ठ उपाध्यक्ष दिपक आचार्य, उपाध्यक्ष ईश्वरी ओझाले विपीका विचार र आदर्श आज पनि उत्तिकै सान्दर्भिक रहेको चर्चा गर्नुभएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु