शुक्रबार, चैत्र १६, २०८०

अख्तियारले किन नुवाकोट जस्ताकाण्डमा फितलो छानविन गर्दैछन ?

-यसवीचमा भए गरेका सवै अनियमितताका प्रमाण नष्ट गर्ने लक्ष्य सहित जस्ता वितरण गर्न खोजे पछि डिडिआरसिमा प्रतिनिधित्व गर्ने स्थानीय दलका प्रतिनिधीहरुले बुधवार आयोजित बैठक समेत वहिष्कार

-नुवाकोटका विद्यालयलाई दिएको ३०० बण्डल जस्तापाता प्रकरणमा प्रभाव  र दवाव सहितको ठूलै आर्थिक अनियमिततम भएको सहजै बोध गर्न सकिन्छ 

– राहतमा भ्रष्टाचार गर्ने व्यक्तिलाई तत्काल कारवाही गर्नु भन्ने प्रम  कोइरालाको अभियक्ति खोक्रो   आश्वासन मात्र 

काठमाडौं श्रावण ७,  गत बैशाख १२को महाभूकम्प पिडितका लागि भन्दै इन्भेष्टमेन्ट बैंकले नुवाकोटमा विद्यालयहरुलाई दिएको ३०० बण्डल जस्तापाता अर्थमन्त्री डा। रामशरण महतका सहयोगी एवं कांग्रेस कार्यकर्ता रमेश महतले बेच्न लैजाँदै गरेको प्रकरणले नयाँ उचाई प्राप्त गरेको छ ।
एकातर्फ जस्ता काण्डड लाई लिएर जिल्ला दैवी प्रकोप उद्धार समिति नुवाकोटले अर्थमन्त्री डा रामशरण महतका सहयोगी रमेश महतसँग 11759071_1028555813823764_1339816997_nजोडिएको जस्ता काण्डबारे छानविन गरी दोषीलाई कानुन बमोजिम तत्कालीन अवस्थामानै गरेको कारबाहीको निर्णयको कार्यान्वयन हुनुको अलावा मिति २१७२ आषाढ ३० गतेका दिन अख्तियार दुरुपयोग अनुसन्धान आयोगको तर्फबाट समेत जस्ता काण्डको यर्थाता छानविन गर्दै जस्ता काण्डमा जोडिएको व्यक्ति जो कोहि भएपनि तत्काल कारवाही गर्नुको अलावा ठिक त्यसकको विपरित भूकम्पका कारण क्षतिग्रस्त । विद्यालय र वर्षादको कारण स्थानीय विद्यार्थीको शैक्षिक अवस्थामा असर पर्न सक्ने संभावनालाई दृष्टिगत गरेका भन्दै दाताको सहयोग जुन ठाउँमा पठाएको हो सोहि ठाउँमा प्रयोग गर्नु भन्दै जिल्ला दैवीप्रकोप उद्धार समिति (डिडिआरसि) लाई पत्राचार गर्नुले जस्ताकाण्डले थप उचाई प्राप्त गरेको हो

त्यसोत एकातर्फ अख्तियारको यो कदमले जस्ता काण्डलाई नयाँ उचाईमात्र दिएको छैन बल्की सामान्य भन्दा सामान्य लेनदेनको मुद्धामा समेत कडाईसाथ प्रस्तुत हुँने गरेको अख्तियारले किन र कसको ईशारामा जस्ता काण्डमा हदैसम्मको लचकता सहित प्रस्तुत भयो भन्ने सवाल पनि त्यतिकै  अर्थपूर्ण भएको समाचार स्रोतले जनाएको छ । अर्कोतर्फ जस्ताकाण्ड आफैमा भ्रष्टाचार होईन भने अख्तियारले लेखेको सोहि पत्रमा बाँकी अनुसन्धाको कारवाही जारीनै राख्ने भन्ने आशय किन व्यक्त गरियो कतै यो मिलाृमतो त होईन भन्ने भन्ने थप आशंकालाई बढावा दिएको छ ।

  साथै यसअघि जस्ताकाण्डमा मुछिएका व्यक्ति जोकोहि भए पनि कारवाही गर्नु पर्छ भन्ने चर्को स्वरमा आवाज बुलन्द गर्दै आएको जिल्ला दैवीप्रकोप उद्धार समिति (डिडिआरसि) ले गरे पनि पछिल्लो समयमा अख्तियारबाट प्रत्र प्राप्त भएको भन्दै जिल्ला दैवीप्रकोप उद्धार समिति (डिडिआरसि) ले हतारहतारमा यसवीचमा भए गरेका सवै अनियमितताका प्रमाण नष्ट गर्ने लक्ष्य सहित जस्ता वितरण गर्न खोजे पछि डिडिआरसिमा प्रतिनिधित्व गर्ने स्थानीय दलका प्रतिनिधीहरुले बुधवार आयोजित बैठक समेत वहिष्कार गरेको बुझिएको छ ।

समाचार स्रोतका  अनुसार  अख्तियारको पत्र र जिल्ला दैवीप्रकोप उद्धार समितिको तडारुकताको यो पक्ष लाई हेर्ने हो भने निर्वादरुपमा नुवाकोटका विद्यालयलाई दिएको ३०० बण्डल जस्तापाता प्रकरणमा प्रभाव  र दवाव सहितको ठूलै आर्थिक अनियमिततम भएको सहजै बोध गर्न सकिन्छ ।तर महाभूकम्प पिडितको नाममा आएको राहतमा भ्रष्टाचार गर्ने व्यक्तिलाई तत्काल कारवाही गर्नु भन्ने प्रम सुशील कोइरालाले नुवाकोटमा विद्यालयहरुलाई दिएको ३०० बण्डल जस्तापाता प्रकरणमा यथार्थता बुझ्ने कोशिस गर्नुको अलावा नजरअन्दाज गर्दै बस्नुने त झन आशंकाको घेरालाई थप फराकिलो बनाएको दावी गरेका छन ।