मङ्लबार, बैशाख १८, २०८१

पत्रकारमाथिको आक्रमण र दुव्र्यवहारप्रति महासङ्घको ध्यानाकर्षण

काठमाडौ श्रावण ६,   नेपाल पत्रकार महासङ्घले मुलुकका विभिन्न भागमा संविधानको मस्यौदामाथि जनताको राय सुझाव सङ्कलन भइरहेको कार्यक्रमको समाचार सङ्कलन गर्ने क्रममा सुरक्षाकर्मीबाट पत्रकारमाथि भएको आक्रमण, नियन्त्रण र दुव्र्यवहारप्रति गम्भीर release  6 saunध्यानाकर्षण भएको जनाएको छ ।  महासङ्घका सचिव प्रभात चलाउनेले आज एक विज्ञप्ति प्रकाशित गरी यही साउन ४ गते सिरहाको मोहन उच्च मा.वि.मा सुझाव सङ्कलनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच भएको झडपको समाचार सङ्कलनका लागि पुगेका आधा दर्जन पत्रकारमाथि प्रहरीले दुव्र्यवहार गर्दै नेपाल टेलिभिजनका सम्वाददाता हिरालाल चौधरीको स.३ प ५५९० नं.को मोटरसाइकल तोडफोड गरी क्षति पु¥याइएको जनाएको छ ।

यसैगरी मङ्गलबार रुकुमको मुसिकोटमा सुझाव सङ्कलन भइरहेको समाचार सङ्कलन गरिरहेका नेपाल पत्रकार महासङ्घ रुकुमका सभासद् शेरबहादुर केसीलाई प्रहरीले कुटपिट गरी एक घन्टा नियन्त्रणमा राख्नुका साथै पत्रकार केसीले खिचेको फोटो सबै मेटाइ दिएको रुकुम शाखाले जानकारी गराएको विज्ञप्तिमा उल्लेख छ । मंगलबार नै काठमाडौँको बसन्तपुरमा सुझाव सङ्कलनको फोटो खिचिरहेका फोटो पत्रकार मनोज साय्मीलाई प्रहरीले फोटो किन खिचेको भन्दै कुटपिट गरेको जानकारी महासङ्घमा प्राप्त भएको जनाएको छ ।

महासङ्घले संविधानले प्रत्याभूत गरेको दायित्व निर्वाहमा जुटेका पत्रकारमाथि भएको यी सबै घटनाको कडा शब्दमा भत्र्सना समेत गरेको उल्लेख गर्दै विज्ञप्तिमा घटनाको छानबीन गरी दोषीमाथि कारबाही गरी पत्रकारलाई भौतिक सुरक्षाको प्रत्याभूति दिई स्वतन्त्र र निर्भिक पत्रकारिताको वातावरण निर्माण गरिदिन सरकारसँग माग समेत गरिएको छ ।