शुक्रबार, बैशाख ७, २०८१

अभिव्यक्ति र स्वतन्त्रतामैत्री संविधानको माग गर्दै महासंघले बुझाए सुझाव

काठमाडौं श्रावण ५, नेपाल पत्रकार महासंघले नेपालको संविधान, २०७२ को प्रारम्भिक मस्यौदामाथि अभिव्यक्ति स्वतन्त्रता र आमसञ्चारको हकसम्बन्धी टिप्पणी तथा सुझावहरू संविधानसभा नागरिक सम्बन्ध तथा संविधान सुझाव समितिमा आज प्रस्तुत गरेको महासंघका सचिव ध्रुव लम्सालद्दारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । त्यस्तै विज्ञप्तिमा संविधानको प्रारम्भिक मस्यौदाका केही बुँदाहरू बहुअर्थी र प्रेसलाई अंकुश लगाउने गम्भीरखालको भएकोले सञ्चारक्षेत्रका विशेषज्ञ, कानुनविद एवं सरोकारवालाहरूसँग व्यापक छलफल गरी महासंघका अध्यक्ष डा. महेन्द्र विष्टको नेतृत्वमा गएको एक FNJ-logoप्रतिनिधिमण्डलले संविधानसभा नागरिक सम्बन्ध तथा संविधान सुझाव समितिका सभापति प्रमिला राणालाई आज भेटेर टिप्पणी तथा सुझाव बुझाएको जनाएको छ ।

सो अवसरमा महासंघका अध्यक्ष डा. विष्टले संविधानको मस्यौदाको प्रस्तावना र धारा २२ स्वतन्त्रताको हक, २४ आमसञ्चारको हक, ३२ सूचनाको हक, १०७ संघीय संददको विशेषाधिकार, १८६ प्रदेश सभाको विशेषाधिकार र धारा २६८ संकटकालीन अधिकार अन्तर्गत उल्लेख भएको अभिव्यक्ति स्वतन्त्रता र आमसञ्चारको हकसम्बन्धी व्यवस्थाका केही बुँदाहरूले व्यापक अर्थ लाग्नेमात्र नभई भविष्यमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि संकुचन लगाउने खतरा रहेको प्रष्ट्याउँदै नयाँ संविधानलाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामैत्री बनाउन आग्रह गर्नुभएको थियो । सो अवसरमा समितिका सभापति राणाले महासंघले पेश गरेको सुझाव तथा टिप्पणीलाई समितिले यथारूपमा संविधानसभासमक्ष पु¥याउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

प्रतिनिधिमण्डलमा अध्यक्ष विष्टका साथै महासंघका पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको उपस्थिति रहेको थियो । यसअघि महासंघका देशभर रहेका जिल्ला शाखाहरूले पनि जनमत संकलन गर्न गएका सभासदरूमार्फत संविधानसभालाई मस्यौदामाथि हिजो र आज यस्तैखालका सुझाव बुझाएका छन् । महासंघले यसअघि पनि गत असार २७ गते संविधानसभा अध्यक्ष सुवास नेम्वाङमार्फत केन्द्रमा र प्रमुख जिल्ला अधिकारीमार्फत जिल्ला–जिल्लाबाट सुझावहरू बुझाएको थियो ।

यस्तो छ महासंघको सुझाव

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु