मङ्लबार, बैशाख २५, २०८१

चारसूत्रिय माग राख्दै राप्रपा नेपाल समानान्तरको प्रदर्शन

काठमाडौं श्रावण २, संविधानको प्रारम्भिक मस्योदामा संवैधानिक राजतन्त्र कायम गरियोस् , सनातन हिन्दु राष्ट्र कायम गरियोस् पूर्ण a bस्वायत्त शासन व्यवस्था कायम गरियोस् नागरिकतामा आमा वा बाबुलाई समान अधिकार प्रदान गर्ने व्यवस्था कायम गरियोस् भन्ने चार सूत्रिय माग सहित विरोध कार्यक्रम संचालन गरीरहेको राप्रपा नेपाल समानान्तरले शनिबार काठमाडौं केन्द्रीत कोणसभा सम्पन्न गरेको छ ।
राजधानीको नारायण गोपाल चोक,सुन्धारार कलंकी त्यस्तै गरि ललितपुरको शंखमुल लगायतका क्षेत्रमा कोणसभा आयोजना गरिएको पार्टी प्रवक्ता सगुनसुन्दर लावतीद्दारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

त्यस्तै विज्ञप्तिमा आजको कोणसभालाई सम्बोधन गर्दै पार्टीका कार्यवाहक अध्यक्ष गणेश शेरचनले सिसाको महलमा बस्नेहरुले जनताको चाहना विपरीत संविधानको मस्यौदा जारी गरेकोले जनताकै सहयोग र समर्थनमा राप्रपा नेपाल समानान्तरले राष्ट्र र राष्ट्रियताको आन्दोलन उत्कर्समा लैजाने बताउँनु भएको उल्लेख गरिएको छ । त्यस्तै गरि उपाध्यक्ष प्रल्हादा साह , महामन्त्री बालकृष्ण नेउपाने,महामन्त्री रामु राई लगायतका नेताले बोल्नु भएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु