बिहिबार, चैत्र १५, २०८०

चन्द नेतृत्वको माओवादीद्दारा श्रावण ८ गते नेपाल बन्दको घोषणा

चार राजनीतिक पार्टीका केही नेताहरुले १६ बुँदे सहमति गरेर बलात संविधान निर्माणको जलप लगाउने दुस्साहास गरेको आरोप 

काठमाडौं श्रावण २, चन्द नेतृत्वको माओवादीले श्रावण ८ गते नेपाल बन्दको घोषणा गरेको छ । संविधानसभाले सार्वजनिक गरेको जनविरोधी संविधानको मस्यौदा र भारत र चीनबीच भएको लिपुलेक सम्झौताको विरोधमा नेपाल बन्दको घोषणा गरेको छ । चन्द नेतृत्वको माओवादी पार्टी प्रवक्ता खड्कबहादुर विश्वकर्माले जारी गरेको  विज्ञप्तिमा   भारत र चीनबीच भएको  सम्झौंता, देशमा बेलगाम मौलाएको  ,2841,29.JPG.pagespeed.ic.vDs6jzBDoJभ्रष्टाचार एवं कमिसन र जनविरोधी संविधानलाई रोक्न संघर्षको कार्यक्रम अनुसार नेपाल बन्द गर्न लागिएको बताइएको छ । भूकम्पले जनतालाई शोकाकुल बनाइरहेको मौका छोपी चार राजनीतिक पार्टीका केही नेताहरुले १६ बुँदे सहमति गरेर जबरजस्तरूपमा संविधान निर्माणको जलप लगाउने दुश्साहस गरेको विज्ञप्तिमा भनिएको छ ।

यससँगै, “देश र जनताले वैशाख १२ र २९ गतेको भूकम्प र त्यस पछिका निरन्तर पराकम्पनको आतंक, डरलाग्दो मानवीय, आर्थिक एवं भौतिक क्षति र इतिहासलाई मात गर्ने शोकाकुलता बेहोरी रोखेको अवस्थालाई आफ्नो अनुकुलता बनाएर जेष्ठ २५ गते मध्ये राती १२ बजे चार दलको नाममा कथित १६ बुंदे सहमति गरियो। जसलाई बलात संविधान निर्माणको जलप लगाउने दुस्साहास  गरिएको उल्लेख  गरिएको छ ।

साथै  १६ बुँदे सहमतिले रोल्पामा भएको माओवादी र संसदवादी शक्तिबीचको सहमति, वृहत शान्ति सम्झौंताको मर्म र भावना, १२ बुँदे सहमति र शान्तिप्रकृयाको क्रममा भएका सबै सहमति एवं समझदारीहरु र अन्तरिम संविधान ०६३ को समेत उलंघन गरेको दाबीसमेत सो विज्ञप्तिमा गरिएको छ ।