काठमाडौ आषाढ २१, गत बैशाख १२ गते को महाभूकम्प र त्यसपछिका श्रृखलावद्ध परकम्पनका कारण् तहसनहस भएको काठमाडौँ दरबार क्षेत्र त्यहाँका प्राचिन अर्मुत तथा मूर्त कला संस्कृति सहितको सम्पदाको पुन निमार्ण एवम् संरक्षणको माग गर्दै स्थानीय संरक्षण तथा व्यवस्थापन समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री कृपासुर शेर्पालाई आज ध्यानाकर्षण पत्र बुझाएको छ । समितिका अध्यक्ष दिगम्बर श्रेष्ठको नेतृत्वमा गएको टोलीले बुझाएको ज्ञापनपत्रमा त्यस क्षेत्रमा रहेको सम्पदाको यथासम्भव चाँडो पुनःनिर्माण गर्नुपर्नेमा जोड दिईएको छ ।
ज्ञापन बुझ्दै मन्त्री शेर्पाले भूकम्पले मुलुकका धेरै सम्पदा पूर्ण ध्वस्त र अधिकांश जोखिममा रहेको बताउँदै तिनको अध्ययन, अनुसन्धानको प्रतिवेदन प्राप्तभए लगत्तै प्रतिवेदनमा उल्लेख भए अनुरुप प्राथमिकताका आधारमा पुनःनिर्माणको काम अघि बढाइने प्रतिबद्धता व्यक्त गर्नुभएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।