शुक्रबार, चैत्र १६, २०८०

संविधानको प्रारम्भिक मस्यौदा यथास्थितिवादी प्रतिविम्व

काठमाडौ आषाढ २१, नेकपा माओवादी नेतृत्वको तेत्तीस दलीय मोर्चाको आज बसेको बैठकले संविधानको प्रारम्भिक मस्यौदा यथास्थितिवादीको प्रतिविम्व imagesभएको प्रतिक्रिया दिएको छ ।

त्यस्तै मस्यौदाका सवालमा संसदीय पार्टीद्वारा सञ्चालित जनमत सङ्कलनको पनि विरोध गर्दै बैठक पछि मोर्चाका तर्फबाट माओवादी अध्यक्ष मोहन वैद्यद्वारा जारी विज्ञप्तिमा भूकम्प प्रभावित क्षेत्रमा भइरहेको राहत वितरण, पुनर्वासको व्यवस्थामा भइरहेको धाँधली, पक्षपात, कालोबजारी र अनियमितताको अन्त्य र अखाद्य वस्तुको वितरणमा मोर्चाले अनुगमन गर्ने निर्णय गरिएको उल्लेख छ ।