आइतवार, बैशाख २३, २०८१

प्रधानमन्त्रीले भने : राहत कोषको एक पैसा पनि हिनामिना हुन नदिन आफू दृढ संकल्पित छु

काठमाडौ ज्येष्ठ २४,  प्रधानमन्त्री सुशील कोइरालाले भूकम्प पीडितहरुको सहयोागार्थ प्रधानमन्त्री निवासमा राहत हस्तान्तरण गर्न पुगेका विभिन्न संघसंस्थाका प्रतिनिधिहरुसङग susilसरकारले गरिरहेको राहत, उद्दार र पुनःनिर्माणको कामलाई सबैले वाचडगका रुपमा निगरानी गरिदिन आग्रह गरेका छन् ।

त्यस्तै उहाँले राहत रकममा हिनामिना हुन नदिन आफू दृढ संकल्पित रहेको भन्दै त्यस्तो सूचना पाए आफूलाई खबर गर्न भन्दै धानमन्त्री कोइरालाले कोषको एक पैसा पनि हिनामिना हुन नदिने प्रतिवद्धता समेत व्यक्त गर्नुभएको थियो ।  आज प्रम निवासमा नारायणी नेशनल फाइनाइन्सले १० लाख रकम बुझ्दै यस्तो प्रतिवद्धता व्यक्त गर्नु भएको हो ।

त्यस्तै आजै राहतकोषमा खानेपानी संस्थानका कर्मचारीहरुका तर्फबाट १८ लाख ५० हजार, राष्ट्रिय वाणिज्य बैंकका तर्फबाट २५ लाख सात हजार, एनडीईपी डेभलपमेन्ट बैंकले दश लाख चार हजार, क्रिश्चियन महासंघले २५ लाख तथा साहित्यकारहरुको संस्थाले एक लाख रकम जम्मा भएका छन् ।