बिहिबार, बैशाख २०, २०८१

प्रमको प्रेस सल्लाहकारमा प्रधान नियुक्त ,कृषकलाई दुई वर्षको मालपोत मिनाहा

मन्त्रिपरिषद् बैठक

काठमाडौ ज्येष्ठ २२,  मन्त्रिपरिषद्को आज बसेको बैठकले आर्थिक वर्ष २०७१÷७२ र २०७२÷७३ का लागि मालमोत छुट (मिनाहा) दिने निर्णय गरेको छ । सरकारले प्रस्तुत निर्णय भूकम्प प्रभावित cabinetक्षेत्रका कृषकलाई लक्षित गर्दै यस्तो निर्णय गरेका हो । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले भूकम्पपीडितको परिचयपत्र वितरणमा प्रभावकारिताका लागि सरकारले सामुदायिक विद्यालयको प्रधानाध्यापकलाई पनि वितरण कार्यमा जिम्मेवारी दिने निर्णय गरेको बैठकपछि सरकारका प्रवक्ता एवम् तथा सञ्चार मन्त्री डा मीनेन्द्र रिजालले सो जानकारी दिनुभएको हो ।

त्यस्तै बैठकले अर्थ मन्त्रालयले तयार गरेको दैवी प्रकोपका समयमा महसुल छुटसम्बन्धी कार्यविधि पारित गरेको छ भने मुलुकभित्रको जस्तापाताले मात्र माग धान्न नसक्ने भएकाले आपूर्तिमा ५० प्रतिशत राजस्व छुट दिने र खरिद कार्यका लागि साल्ट टे«डिङ र नेसनल टे«डिङलाई जिम्मा दिन प्रधानमन्त्री सुशील कोइरालाले वाणिज्य तथा आपूर्ति मन्त्री सुनीलबहादुर थापालाई निर्देशन दिईएको जानकारी दिदै प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा प्रतीक प्रधानलाई नियुक्त गरेको जनाउँनु भएको छ ।

त्यस्तै बैठकले प्रधानमन्त्रीको दैवी प्रकोपसम्बन्धी अवैतनिक सल्लाहकारमा राम थपलिया र नेपाल सांस्कृतिक संस्थानको अध्यक्षमा उद्योग राई र चलचित्र विकास बोर्डको अध्यक्षमा राजकुमार राई नियुक्त नियुक्त गरिएको बताउँनु भएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2015
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031